काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । उक्त दिन बजार ९०.७३ अंकले घटेर २७३९.४६ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।
सेयर बजारमा गिरावट आउँदा पनि उक्त दिन एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त, इस्टर्न हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
वि.सं.२०८१ भदौ १९ बुधवार १५:०५ मा प्रकाशित