back
NMB Ad

आजको मौसम : तीन प्रदेशका केही स्थानमा भारी वर्षा   

Royal Enfield Inside Page Banner

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वि.सं.२०८१ भदौ २० बिहीवार ०६:२६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०८

काठमाडौ :  जीवन्त र विविध समुदायका लागि सुरक्षित र स्वागतयोग्य...

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०३

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स...

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:५९

काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन...

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:२२

वालिङ (स्याङ्जा) : यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण...

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:१८

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...