back
Kumari Bank

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

ढोरपाटन (बागलुङ), २१ भदौः अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्डक पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले जानकारी दिनुभयो । लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौँलगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन् भने काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत ठाउँबाट तीज मनाउन गाउँ फर्किएका पनि सडक अवरुद्ध हुँदा समस्यामा छन् ।

पूर्वी रुकुम र जाजरकोटका लागि काठमाडौँबाट आएका रात्रि बस बुर्तिबाङमै रोकिएको उहाँको भनाइ छ । अहिले पनि निरन्तर भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन समय लाग्ने वडाध्यक्ष पौडेल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “रातिदेखि ठूलो वर्षा भइरहेको छ, धेरै ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका छन्, अहिले सवारी पूर्ण रुपमा ठप्प भएको अवस्था छ, वर्षा रोकिएपछि खुलाउने प्रयास गर्छौं, साना ठाडोखोलामा ठूलो बाढी आउँदा लोकमार्गको धेरै ठाउँ अवरुद्ध छन् ।”

वि.सं.२०८१ भदौ २१ शुक्रवार ०९:१० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान   

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान   

वि.सं.२०८२ असार २९ आइतवार ०६:३३

काठमाडौँ :  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आजदेखि बुङ्गल हाइड्रोको आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

आजदेखि बुङ्गल हाइड्रोको आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

वि.सं.२०८२ असार २९ आइतवार ०६:२३

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आज असार २९ गतेदेखि आईपीओ...

आज असार २९ गते बुधबार, हेर्नुहोस् तपाईंको राशिफल

आज असार २९ गते बुधबार, हेर्नुहोस् तपाईंको राशिफल

वि.सं.२०८२ असार २९ आइतवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको बेवास्ता : नाइमा

मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको बेवास्ता : नाइमा

वि.सं.२०८२ असार २८ शनिवार ०७:५९

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (NAIMA) ले...

आजको लागि विदेशी मुद्राको विनिमय दर   

आजको लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार २८ शनिवार ०७:१९

काठमाडौँ  : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना   

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार २८ शनिवार ०७:११

काठमाडौँ  : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...