back
SKIPArthatantra Dashain Greetings
SKIP
NMB Ad
Ncell Banner Ad

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

काठमाडौं :  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताउनु भएको छ।

आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने बताउनुभयो । उहाँले करको दायरा विस्तार गर्ने, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने, कर छली र चुहावट रोकिने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

अर्थमन्त्री पौडेलले कार्य प्रकृया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा विद्युतीय सुशासनमा जोड दिँदै नतिजामा आधारित व्यवसायिक संगठन तथा कार्य विशिष्टकरणको लागि संस्थागत सुधारमा पनि थप पहल गर्ने बताउनुभयो । ठूला कर कार्यालयहरुको बक्यौता र बेरुजु बढेको भन्दै उहाँले बक्यौता असुली र बेरुजु फर्छ्यौटको विशेष अभियान नै सञ्चालन गर्न निर्देशन दिनु भएको छ । कार्यक्रममा अर्थ सचिव डा. रामप्रसाद घिमिरेले आफ्नो जिम्मेवारी र दायित्व बुझेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले राजस्व परिचालनको लक्ष्यलाई ध्यान दिएर अघि बढ्न निर्देशन दिनुभयो। आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले चालु आर्थिक वर्षमा लिइएको राजस्वको संकलनको लक्ष्यलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । चालु आर्थिक वर्षमा ७ खर्ब १ अर्ब रुपैयाँ आन्तरिक राजस्वबाट संकलन गर्ने लक्ष्य राखिएको छ ।

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:४३ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:४३

तनहुँ, २६ असोजः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय...

पोषणविद्को सुझावः दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ   

पोषणविद्को सुझावः दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:३९

बुनु थारु काठमाडौँ, २६ असोजः दसैँमा टन्न खाएर रमाइलो गर्ने...

दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु   

दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:३४

सिबी अधिकारी काठमाडौँ, २६ असोजः “एक दिन मात्रै भए पनि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ असोज २६ शनिवार ०६:२३

काठमाडौँ, २६ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको...

आश्विन शुक्ल दशमीः हर्षोल्लासका साथ विजया दशमी मनाइँदै   

आश्विन शुक्ल दशमीः हर्षोल्लासका साथ विजया दशमी मनाइँदै   

वि.सं.२०८१ असोज २६ शनिवार ०६:२१

पूर्णप्रसाद मिश्र काठमाडौँ, २६ असोजः बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन...

आजको मौसम :  तीन प्रदेशमा वर्षाको सम्भावना   

आजको मौसम :  तीन प्रदेशमा वर्षाको सम्भावना   

वि.सं.२०८१ असोज २६ शनिवार ०६:१७

काठमाडौँ, २६ असोजः मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य...