काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी को ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति पछि आगामी १८औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिनेछ ।
वि.सं.२०८१ भदौ २८ शुक्रवार १७:०७ मा प्रकाशित