back
NMB Ad
Ncell Banner Ad

काठमाडौँमा व्यापारीको गुनासोः सोचे जस्तो छैन व्यापार   

Royal Enfield Inside Page Banner

काठमाडौँ : “रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्” न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहनुभएको छ । तर ग्राहकको सङ्ख्या भने पातलो छ ।

दसैँ र तिहार जस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ । तर यसपटक भने राम्रो व्यापार नभएको उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ, “दुई/चार रुपैयाँ कमै नाफा खाएर सामान कटाउने योजना हो तर यसपाली व्यापार कम छ ।”

पर्वको मुखैमा प्राकृतिक विपत्को असर बजारमा देखिएको उहाँको भनाइ छ । यद्यपि फुलपाती सुरु भएपछि व्यापार बढ्छ की भन्ने उहाँको झिनो आशा छ ।

दसैँमा किनमेलका लागि न्युरोडमा भेटिनुभएकी नुवाकोटकी सुनिता छिनाललाई आफ्नो भन्दा छोराछोरीको खुसी महत्वपूर्ण लाग्छ । चिसो मौसम सुरु भएकाले दसैँमा छुटको मौका छोपेर बालबच्चाका लागि लुगाफाटा किन्ने गर्नुहुन्छ । “आफ्नो भन्दा छोराछोरीलाई दसैँमा खुसी पार्न पाए हुन्थ्यो भन्ने लाग्छ”, उहाँले भन्नुभयो ।

ठमेलमा किनमेल गर्न पुग्नुभएका गोपाल बुढाथोकीले यस पाली मुल घर सर्लाही नजाने बताउनुभयो । बाढीपहिरोका कारण बाटो राम्रो नभएकाले आफू घर नजाने उहाँले बताउनुभयो ।

“काठमाडौँमा जे जति परिवारका सदस्य छन्, सबै मिलेर यतै दसैँ मनाउने सोचमा छौँ”, उहाँले भन्नुभयो, “किनमेल पनि भर्खरै सुुरु हुँदैछ ।” उहाँले जाडोको लुगा भने दशैंको पर्व छोपेर खरिद गर्ने गरेको बताउनुभयो । पर्वमा भारी छुट पाउने हुँदा उहाँलाई आवश्यक सामग्री किन मनपर्ने सुनाउनुभयो ।

काभ्रेपलाञ्चोककी रोशनी तामाङले यो दसैँमा किनमेलमा खासै जोड नदिएको बताउनुभयो । ठमेल कालापत्थरमा जाडोमा लगाउने ज्याकेट खरिद गर्न आउनुभएकी उहाँले सामान्य खर्चमा दसैँ टार्ने योजना रहेको सुनाउनुभयो । गाँउ बाढीका कारण तहसनहस भएपछि उहाँलाई यसपालीको दसैँ मनाउने जाँगर चलेको छैन । दसैँ पनि काठमाडौँमै मनाउने योजना रहेको सुनाउनुभयो । “आफन्ती सबै दुःखमा छन्, दसैँ मनाउनु कसरी ?”, उहाँले भन्नुभयो ।

भृकुटीमण्डका व्यापारी जीवन राईले विगतको तुलनामा व्यापार आधा घटेको बताउनुभयो । कोभिडको बेलामा जुन खाले आर्थिक मर्का परेको थियो त्यस्तै, असर बजारमा फेरि देखा परेको उहाँको अनुभव छ । “मान्छेहरुको चहलपहल त छ, तर व्यापार सोचे जस्तो छैन”, उहाँले भन्नुभयो ।

वि.सं.२०८१ असोज २० आइतवार १५:२० मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
टीभीएसको बाईक खरिदमा उतीम लाल साहले जिते १० लाख नगद

टीभीएसको बाईक खरिदमा उतीम लाल साहले जिते १० लाख नगद

वि.सं.२०८१ कात्तिक २० मंगलवार २०:१५

काठमाडौँ । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले...

उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका   

उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका   

वि.सं.२०८१ कात्तिक २० मंगलवार १९:२१

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी...

दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष जेल सजाय

दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष जेल सजाय

वि.सं.२०८१ कात्तिक २० मंगलवार १८:५५

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि...

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन

वि.सं.२०८१ कात्तिक २० मंगलवार १७:५०

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप...

समता घरेलु लघुवित्तको एफपिओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

समता घरेलु लघुवित्तको एफपिओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

वि.सं.२०८१ कात्तिक २० मंगलवार १७:४४

काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओमा २ अर्ब १३ करोड...

सिप्रदी ट्रेडिङ्गद्वारा १० वटा बस हस्तान्तरण

सिप्रदी ट्रेडिङ्गद्वारा १० वटा बस हस्तान्तरण

वि.सं.२०८१ कात्तिक २० मंगलवार १६:४७

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी...