काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढोत्तरी आएको छ । उक्त दिन बजार ३७.१३ अंकले बढेर २६९०.१३ को विन्दुमा कायम भएको छ ।
उक्त दिन सबैभन्दा बढी चन्द्रागिरी हिल्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २६ करोड २३ लाख १७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको २४ करोड ११ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्सको २३ करोड ७८ लाख २३ हजार रुपैयाँ, नेपाल फाइनान्सको २३ करोड ५१ लाख २४ हजार रुपैयाँ, गुडविल फाइनान्सको २३ करोड ८ लाख ७० हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८१ असोज २१ सोमवार १५:१५ मा प्रकाशित