back
NMB Ad

महालक्ष्मी विकास बैंक बन्यो पहिलो भिसा ३डी प्रदान गर्ने विकास बैंक, के-के छन् फाइदा ?

Nepal Bank

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम डलर तथा एन.पी.आर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा ३डी सुविधा थप गरेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ ।

यस सुविधा थप गरे सँगै ग्राहकहरुले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुनेछ जसले गर्दा ग्राहकहरुको आफ्नो कार्डको विवरण अनाधिकृत रुपबाट प्रयोग हुनबाट जोगिनेछ भने प्रत्येक कारोबार समेत प्रमाणीकरण हुनेछ । यस प्रत्रिया अन्तर्गत ग्राहकहरुले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाईन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्नको निमित्त इमेल वा म्यासेज मार्फत एक पटक मात्र प्रयोग हुने पासवर्ड प्राप्त गर्नेछन् र सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ । यो सुविधा सुचारु भएसँगै महालक्ष्मी विकास बैंकको ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउने नीतिको सफल कार्यान्वयन हुने विश्वास समेत बैंकले लिएको छ ।

३डी सुविधा थप गर्दा मुख्यतया निम्न फाइदाहरु हुनेछ :
– यस प्रविधिको प्रयोगबाट अनलाइन कारोबारलाई थप प्रमाणीकरणको आवश्यक पर्ने भएकोले ग्राहकहरु अनलाइन मार्फत हुने ठगीबाट बच्न सक्नेछ्न ।
-ग्राहकहरुको वित्तीय जानकारी सुरक्षित हुने साथै अनाधिकृत पँहुचबाट सुरक्षित हुने भएकोले ढुक्कसँग कारोबार गर्न सक्नेछन् ।
– रियल टाइममा नै कारोबारको प्रमाणीकरण हुनेछ ।
– विश्वभर रहेका हजारौँ इ­कमर्श वेभसाइटहरुले भिसा ३डी सुरक्षित रहेका डेबिट तथा क्रेडिट कार्डहरु सजिलै स्वीकार गर्ने भएकोले ग्राहकहरुले जुनसुकै ठाँउबाट तथा जुनसुकै सयममा पनि किनमेल गर्न सक्नेछ्न ।

थप जानकारी तथा सहायता आवश्यकता परेमा ग्राहक सहायता कक्ष तथा बैंकको नजिकको शाखा कार्यालयमा समेत सम्पर्क गर्न सक्नेछ्न ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

वि.सं.२०८१ असोज २१ सोमवार १५:२२ मा प्रकाशित

You can share this post!

पेस्तोलसहित दुई युवा पक्राउ   

पेस्तोलसहित दुई युवा पक्राउ   

वि.सं.२०८२ जेठ ८ बिहीवार २०:२७

तनहुँ  : पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित...

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:२१

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट...

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०९

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबारको मन्त्रिपरिषद्का...

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०१

काठमाडौँ : संघीय संसद्को अर्थ समितिमा आज सम्पन्न छलफलमा निजी...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८२ जेठ ८ बिहीवार १६:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८२ जेठ ८ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा वृद्धि भएको...