back
Kumari Bank

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

Nepal Bank

तनहुँ, २६ असोजः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैँमा पनि कामलाई निरन्तरता दिएको छ । निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वका समयमा पनि नरोकिएको आयोजनाले जनाएको छ ।

आयोजनाका तीनवटै ‘प्याकेज’का काम दसैँमा निरन्तर सञ्चालन भइरहेको र हाल २२ चिनियाँ, दुई सय जना नेपाली प्राविधिक तथा कामदारसहितले काम गरिरहेका तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो । भण्डारीले भन्नुभयो, “निर्धारित समयमा पूरा गर्न तीनै प्याकेजअन्तर्गतका कामलाई दसैँ बिदामा पनि नरोकी सञ्चालन गरिरहेका छौँ । सिफ्टमा आलोपालो मिलाएर दसैँलगत्तै काममा फर्किने गरी केही नेपाली कामदारलाई दसैँ मनाउन बिदा दिइएको छ ।”

आयोजनाका अनुसार प्याकेज-१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन (प्रालि) नेपाल जेभीले काम गरिरहेको छ । यसअन्तर्गत बाँध खन्ने काम पूरा भई क्रङ्क्रिटको काम सुरु गर्न लागिएको छ ।

यसैगरी प्याकेज–२ अन्तर्गत पावरहाउसतर्फ स्टालेसन गर्ने कार्य तीव्र रूपमा भइरहेको छ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका काम भइरहेका हुन् । प्याकेज–२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ । भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्नगरी कङ्क्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युतगृहमा रहने उपकरण जडानलगायत काम भइरहेका छन् ।
यसैगरी प्याकेज–३ अन्तर्गत ९४ टावरमध्ये ७९ वटा टावरको फाउण्डेसन निर्माण गरिनुका साथै ६९ वटा टावर ठड्याइसकिएको छ । यहाँ वन क्षेत्रमा पर्ने काम भने नीतिगत निर्णय नहुँदा रोकिएको आयोजनाले जनाएको छ । यसको काम केइसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ । आयोजनाको समग्रमा ६२ प्रतिशत काम पूरा भएको आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एसियाली विकास बैंक (एडिबि) ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोेर्नेगरी वित्तीय व्यवस्थापन गरिएको छ ।

वि.सं.२०८१ असोज २६ शनिवार ०७:४३ मा प्रकाशित

You can share this post!

गण्डकी प्रदेश विद्युत विधेयकमा इप्पान : विधेयक राजस्व केन्द्रित भयो, रोयल्टीको कुरा संविधान अनुसार हुनुपर्छ

गण्डकी प्रदेश विद्युत विधेयकमा इप्पान : विधेयक राजस्व केन्द्रित भयो, रोयल्टीको कुरा संविधान अनुसार हुनुपर्छ

वि.सं.२०८२ असार २४ मंगलवार २१:००

काठमाडौं । गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको...

७० औं वार्षिकोत्सवमा यामाहाद्वारा राष्ट्रव्यापी एक्सचेन्ज अफर, ग्राहकलाई नगद छुटदेखि शून्य ब्याज EMIसम्मको सुविधा

७० औं वार्षिकोत्सवमा यामाहाद्वारा राष्ट्रव्यापी एक्सचेन्ज अफर, ग्राहकलाई नगद छुटदेखि शून्य ब्याज EMIसम्मको सुविधा

वि.सं.२०८२ असार २४ मंगलवार २०:५५

काठमाडौं : जापानी मोटरसाइकल निर्माता यामाहाको नेपालस्थित आधिकारिक वितरक एमएडब्लू...

नेपाल एसबिआई बैंकको ३२औं वार्षिकोत्सव सम्पन्न

नेपाल एसबिआई बैंकको ३२औं वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ असार २४ मंगलवार २०:४१

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले यही जुलाई ७ (असार...

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन   

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन   

वि.सं.२०८२ असार २४ मंगलवार २०:३३

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको...

बीमा प्राधिकरणको ‘बीमा नीति’ सार्वजनिक, बीमाको पहुँच, पारदर्शिता र प्रविधि सुदृढीकरणमा केन्द्रित

बीमा प्राधिकरणको ‘बीमा नीति’ सार्वजनिक, बीमाको पहुँच, पारदर्शिता र प्रविधि सुदृढीकरणमा केन्द्रित

वि.सं.२०८२ असार २४ मंगलवार १८:१८

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ का लागि...

विद्युत् प्राधिकरणले अगाडि बढायो ९६० मेगावाटको सौर्य परियोजना, २० अर्बको ऋणपत्र निष्कासनको तयारी

विद्युत् प्राधिकरणले अगाडि बढायो ९६० मेगावाटको सौर्य परियोजना, २० अर्बको ऋणपत्र निष्कासनको तयारी

वि.सं.२०८२ असार २४ मंगलवार १८:०१

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत ९६० मेगावाट...