काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ ।
बोर्डले कम्पनीलाई ५० प्रतिशत अर्थात १ः०.५ हकप्रद निष्कासनको लागि स्वीकृति प्रदान गरेको छ ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।
वि.सं.२०८१ असोज २९ मंगलवार १३:५१ मा प्रकाशित