काठमाडौं । दशैं पछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि आएको छ । उक्त दिन बजार ३१.४८ अंकले बढेर २६९९.६६ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा १२ उपसूचक हरियाली भएको छ ।
उक्त दिन बजारमा बढोत्तरी आउँदा जानकी फाइनान्स र मिथिला लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, मल्टिप्रपोज फाइनान्सको ९.३२ प्रतिशत, सम्वृद्धि फाइनान्सको ६.८४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८१ असोज २९ मंगलवार १५:०८ मा प्रकाशित