back
Kumari Bank

सहकारीमा देखिएका समस्या समाधान गर्न कर्जा असुली न्यायधीकरण गठन गरिने   

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि केही दिनमै कर्जा असुली न्यायधीकरण गठन हुने बताउनुभएको छ ।

मन्त्रालयले सय दिनमा गरेका कामका उपलब्धिका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले सहकारी नियमन गर्ने निकाय कात्तिक महिनामै गठन गरिने प्रतिबद्धता जनाउनुभयो । सहकारीको तरलताको समस्या समाधानका लागि बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ संशोधन गरी कार्यान्वयनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

सहकारी प्रवर्द्धन कोष सञ्चालन कार्यविधिको मस्यौदा प्रतिवेदन तयार भएको मन्त्री अधिकारीले बताउनुभयो । तीनै तहका सहकारीको नियमनका लागि नियामक निकाय स्थापनासम्बन्धी कानुनको मस्यौदा तयार गरी सरोकारवालाको राय सुझाव लिने काम अघि बढेको छ । सहकारी बचत तथा कर्जा सुरक्षण कोष नियमावलीको मस्यौदा तयार गरिएको उहाँले बताउनुभयो ।

भूमिसम्बन्धी नियमावली, २०२१ लाई समयसापेक्ष बनाउन लागिएको मन्त्री अधिकारीले जानकारी दिनुभयो । मालपोत तथा नापी कार्यालयबाट प्रवाह हुने सेवासम्बन्धी जानकारी सेवाग्राहीलाई दिन सेवा प्रवाहको कार्य प्रक्रिया सम्बन्धी ‘वर्क फ्लो चार्ट’ तयार गरिएको उहाँले बताउनुभयो । यस अवधिमा मन्त्रालयबाट तोकिएका २५ लक्ष्य र नतोकिएका २७ समेत गरी ५२ लक्ष्य हासिल भएको उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले जनताको आय आर्जनको स्रोत पनि भूमि भएकाले यसमा संवेदशील भएर काम गर्नुपर्ने बताउनुभयो । सहकारीका समस्या समाधान गर्न सुदृढ संस्थागत प्रबन्ध गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

वि.सं.२०८१ कात्तिक ८ बिहीवार २०:४३ मा प्रकाशित

You can share this post!

ग्राहकहरूलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

ग्राहकहरूलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

वि.सं.२०८२ असार २६ बिहीवार १२:५०

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

वि.सं.२०८२ असार २६ बिहीवार १२:३४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट...

दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो   

दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो   

वि.सं.२०८२ असार २६ बिहीवार १२:१६

म्याग्दी  : म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय...

रसुवाको बाढी हिमताल विस्फोटबाटै, ल्हेन्दे खोलामा ‘सुप्राग्लेशियल ताल’ फुटेको पुष्टि राष्ट्रिय   

रसुवाको बाढी हिमताल विस्फोटबाटै, ल्हेन्दे खोलामा ‘सुप्राग्लेशियल ताल’ फुटेको पुष्टि राष्ट्रिय   

वि.सं.२०८२ असार २६ बिहीवार १२:०९

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत...

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान २०८०’, दुई लाख राशिसहित सम्मानित गरिने

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान २०८०’, दुई लाख राशिसहित सम्मानित गरिने

वि.सं.२०८२ असार २६ बिहीवार १२:०१

काठमाडौं । सार्वजनिक प्रशासन, समावेशी न्याय र संस्थागत नेतृत्वको क्षेत्रमा...

अर्थतन्त्रको अपरिहार्य पुनर्संरचना र अबको बाटो

अर्थतन्त्रको अपरिहार्य पुनर्संरचना र अबको बाटो

वि.सं.२०८२ असार २६ बिहीवार ०७:२५

सुरेन्द्रप्रसाद पाण्डे, पूर्वअर्थमन्त्री सन् २०१६ पछिको अवस्थालाई अन्तर्राष्ट्रिय रुपमा चौथो...