काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओमा १ अर्ब ३१ करोड ८७ लाख ४३ हजार रुपैयाँको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको एफपीओमा आज तेस्रो दिन साँझ सम्ममा ६ लाख २६ हजार २८५ जना आवेदकले १ करोड ३१ लाख ८७ हजार ४३० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ३७.५८ गुणाले बढी आवेदन हो ।
कम्पनीको चुक्तापूँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणको सेयर हिस्सा चुक्तापूँजीको ३० प्रतिशत पुर्याउन एफपीओ निश्कासन गरेको हो ।
लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गरेको हो।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
वि.सं.२०८१ कात्तिक १४ बुधवार १७:१९ मा प्रकाशित