back
NMB Ad

शुक्रबार तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति   

Royal Enfield Inside Page Banner

काठमाडौँ: नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ ।

यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । तिथिका आधारमा यस्तो संरचना केही वर्षका अन्तरालमा हुने गरेको उहाँले सुनाउनुभयो । यस्तो संरचना परेकैले पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष छ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मङ्गलबार सुरु भएको थियो ।

यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइ विधिपूर्वक परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएपछि सकिन्छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । गाईलाई गौमाताका रूपमा सम्मान गरिने भएकाले वर्षका तीन सय ६५ दिन नै गाई पूजा गर्न पनि सकिन्छ । तर तिहारका अवसरमा गरिने गाई पूजा भने शनिबार नै गर्नुपर्ने उहाँको भनाइ छ । यसैले गाईतिहार पनि शनिबार नै मनाइन्छ ।

कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवद्र्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी छवटा पर्व एकै दिन परेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रोमा उल्लेख गरिनुका साथै समितिले तिहारको अवसरमा जारी गरेको विज्ञप्तिमा पनि प्रष्ट रूपमा लेखिएको छ । यसरी प्रष्ट पार्दापार्दै पनि शुक्रबार नै गाई पूजा भनी चर्चा परिचर्चा भइरहेकाले यसप्रति सचेत हुन समितिले आह्वान गरेको छ ।

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ०६:३५ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा   

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा   

वि.सं.२०८१ मंसिर २९ शनिवार २१:११

काठमाडौँ : नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता...

बुटवल–बर्दघाट प्रसारणलाइन निर्माण सम्पन्न   

बुटवल–बर्दघाट प्रसारणलाइन निर्माण सम्पन्न   

वि.सं.२०८१ मंसिर २९ शनिवार ०७:११

काठमाडौँ : देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढ एवं विश्वसनीय बनाउन,...

यस्तो छ विदेशी मुद्राको विनिमय दर   

यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ मंसिर २९ शनिवार ०६:४५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय...

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, बिना शुल्क ग्राहकलाई बोनस

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, बिना शुल्क ग्राहकलाई बोनस

वि.सं.२०८१ मंसिर २९ शनिवार ०६:४१

काठमाडौं । एनसेलले एक विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर संचालनमा...

आज २९ मंसिर २०८१ शनिवार, कस्तो रहला आजको राशिफल ?

आज २९ मंसिर २०८१ शनिवार, कस्तो रहला आजको राशिफल ?

वि.सं.२०८१ मंसिर २९ शनिवार ०६:३१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल बैंक गोलबजार शाखाको भवन उद्घाटन

नेपाल बैंक गोलबजार शाखाको भवन उद्घाटन

वि.सं.२०८१ मंसिर २८ शुक्रवार २१:५४

काठमाडौं । सिराहा जिल्ला, गोलबजार नगरपालिका वडा नं. ४, गोलबजारमा...