काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा आज सामान्य गिरावट आएको छ । उक्त दिन बजार ०.२१ अंकले घटेर २६७७.४० को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३०२ कम्पनीको ९७ लाख १३ हजार ७३० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २० करोड ५५ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सात वटा उपसूचक हरियाली भएको छ ।
उक्त दिन बजारमा गिरावट आउँदा पनि सुपर माइ हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, समाज लघुवित्तको ९.९५ प्रतिशत, यूनाइटेड मोदी हाइड्रोपावरको ९.५१ प्रतिशत, गुराँस लघुवित्तको, ९.३२ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ८.७५ प्रतिशतले सेयरमूल्य बढेको छ ।
वि.सं.२०८१ कात्तिक २० मंगलवार १५:०८ मा प्रकाशित