काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा आज सामान्य गिरावट आएको छ । उक्त दिन बजार ०.२१ अंकले घटेर २६७७.४० को विन्दुमा कायम भएको छ ।
उक्त दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २९ करोड ९० लाख ९४ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सानिमा जिआइसी इन्स्योरेन्सको १६ करोड ११ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन एनएलजी इन्स्योरेन्सको १५ करोड ८४ लाख ९ हजार रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ११ करोड ६१ लाख २२ हजार रुपैयाँ, सम्वृद्धि फाइनान्सको ११ करोड ६० लाख ६१ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८१ कात्तिक २० मंगलवार १५:१५ मा प्रकाशित