काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओमा २ अर्ब १३ करोड ८ लाख ५७ हजार रुपैयाँको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको एफपीओमा आज कात्तिक २० गते अन्तिम दिन साँझ सम्ममा १४ लाख ३२ हजार ४२० जना आवेदकले २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ६०.७२ गुणाले बढी आवेदन हो ।
कम्पनीको चुक्तापूँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणको सेयर हिस्सा चुक्तापूँजीको ३० प्रतिशत पुर्याउन एफपीओ निश्कासन गरेको हो ।
लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गरेको हो। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
वि.सं.२०८१ कात्तिक २० मंगलवार १७:४४ मा प्रकाशित