back
Kumari Bank

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन

Nepal Bank

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिनु भएको हो ।
सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको यही अवधिको तुलनामा १३ प्रतिशत राजस्व वृद्धिमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताउनु भयो ।

संविधान र राष्ट्रको हितलाई ध्यान दिइ कानुन अनुसार करदातासँग राजस्व संकलन संकलन गर्नुपर्ने धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले समस्याहरुलाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिनुभयो ।
राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षाकर्मी लगायत अन्तर निकायहरुबीच समन्वय गरी काम गर्न पनि निर्देशन दिनुभयो । उहाँले राजस्व संकलनमा कमजोरी गर्नेलाई छुट नदिन र ठाउँका ठाउँ एक्सन लिन पनि निर्देशन दिनु भएको छ ।

अर्थमन्त्री पौडेलले राजस्व संकलनका लागि नीतिगत, संरचनागत र प्रकृयागत सुधारका लागि नेतृत्वले साथ दिने बताउनुभयो ।

बैठकमा अर्थ सचिव, राजस्व सचिव, राजस्व महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक लगायतको उपस्थिति थियो ।

वि.सं.२०८१ कात्तिक २० मंगलवार १७:५० मा प्रकाशित

You can share this post!

सर्वसाधारणको लागि हिम स्टार उर्जा कम्पनीको आईपीओ बिक्री खुला

सर्वसाधारणको लागि हिम स्टार उर्जा कम्पनीको आईपीओ बिक्री खुला

वि.सं.२०८२ असार २४ मंगलवार ०६:४०

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आज असार २४...

आजको मौसम : यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना   

आजको मौसम : यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार २४ मंगलवार ०६:३३

काठमाडौँ  : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आजको लागि विदेशी मुद्राको विनिमय दर   

आजको लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार २४ मंगलवार ०६:१६

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आज असार २४ गते मंगलवार, कुन राशिको कस्तो रहला ?

आज असार २४ गते मंगलवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८२ असार २४ मंगलवार ०६:०८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हरिशयनी एकादशीमा गरिमा विकास बैंकद्वारा वृक्षारोपण

हरिशयनी एकादशीमा गरिमा विकास बैंकद्वारा वृक्षारोपण

वि.सं.२०८२ असार २३ सोमवार २०:२९

काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले हरिशयनी एकादशीको अवसर पारेर...

नेपालमा केयी इ–क्यूट ०२ अब केवल रु. २०.९६ लाखमा, सस्तोमै फिचर–प्याक्ड ईभी

नेपालमा केयी इ–क्यूट ०२ अब केवल रु. २०.९६ लाखमा, सस्तोमै फिचर–प्याक्ड ईभी

वि.सं.२०८२ असार २३ सोमवार २०:२१

काठमाडौं : नेपालको इलेक्ट्रिक सवारी बजारमा प्रतिस्पर्धात्मक मोडलहरू थपिँदै जाँदा,...