back
NMB Ad

खाद्य व्यवस्था कम्पनीद्वारा चामल उत्पादन सुरु   

Royal Enfield Inside Page Banner

जनकपुरधाम : सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामल उत्पादन सुरु गरेको छ । धान र चामलको खरिद–बिक्री गर्दै आएको सो कार्यालयले पौष्टिक तत्व भएको भिटामिनयुक्त चामलसमेत उत्पादन गरेर वितरण सुरु गरेको सो कार्यालयका कार्यालय प्रमुख गङ्गाप्रसाद साहले जानकारी दिनुभयो ।

विश्व खाद्य कार्यक्रमअन्तर्गत जनकपुरस्थित सो कार्यालयको हाताभित्र फोटोफिकेसन प्लान्ट जडान भएको छ तथा त्यस प्लान्टबाट सो भिटामिनयुक्त चामल उत्पादन भइरहेको बताइएको छ । त्यहाँ चामलको गुणस्तर समेत जाँच गरिन्छ । २०८१ वैशाख महिनामा प्लान्ट जडान भएको हो । प्लान्ट जडान भएपछि यस कार्यालयबाट उत्पादन सुरु भएको सो पौष्टिक चामल कर्णाली प्रदेशमा वितरण गरिँदै आएको छ ।

पौष्टिक तत्व भएको चामल विश्व खाद्य सङ्गठनले भारतबाट खरिद गरी त्यसलाई उक्त प्लान्टमा पीठो बनाउने र प्रति एक सय केजी बोरा चामलमा एक केजी पीठो मिसाएर (पौष्टिकतत्व) भिटामिनयुक्त चामल उत्पादन गरी कर्णाली प्रदेशका कुपोषित जनतालाई वितरण गर्ने गरिएको प्रमुख साहले भन्नुभयो ।

विश्व खाद्य कार्यक्रमअन्तर्गत उक्त प्लान्ट खाद्य संस्थानको सुर्खेत, जनकपुर तथा काठमाडौँ कार्यालयमा जडान गरिएको छ । भारतको रासन वितरणमा यो चामल अनिवार्य त्यहाँको सरकारले गरेको छ ।

सो कार्यालयले अरुवा सोना मन्सुली तथा बासमती चामल सहुलियत तथा छुट मूल्यमा बिक्री सुरु गरेको कार्यालय प्रमुख साहले बताउनुभयो । अरुवा सोना मन्सुली चामल प्रतिकेजी रु ६५ मा रु पाँच छुट गरेर रु प्रतिकेजी ६० तथा बासमती चामल प्रतिकेजी रु एक सय २३ मा रु पाँच छुट गरेर प्रतिकेजी रु एक सय १८ का दरले उक्त दुवै चामल सहुलियत मूल्यमा धमाधम बिक्री भइरहको बताइएको छ । सहुलियत मूल्यमा बिक्रीका लागि दुई सय क्विन्टल चामल सो कार्यालयले कोटा निर्धारण गरेको छ । एकजनालाई ५० केजीसम्म सो सहुलियतको चामल बिक्री वितरण गरिने प्रावधान छ ।

वि.सं.२०८१ कात्तिक २१ बुधवार १३:२० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा   

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा   

वि.सं.२०८१ मंसिर २९ शनिवार २१:११

काठमाडौँ : नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता...

बुटवल–बर्दघाट प्रसारणलाइन निर्माण सम्पन्न   

बुटवल–बर्दघाट प्रसारणलाइन निर्माण सम्पन्न   

वि.सं.२०८१ मंसिर २९ शनिवार ०७:११

काठमाडौँ : देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढ एवं विश्वसनीय बनाउन,...

यस्तो छ विदेशी मुद्राको विनिमय दर   

यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ मंसिर २९ शनिवार ०६:४५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय...

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, बिना शुल्क ग्राहकलाई बोनस

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, बिना शुल्क ग्राहकलाई बोनस

वि.सं.२०८१ मंसिर २९ शनिवार ०६:४१

काठमाडौं । एनसेलले एक विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर संचालनमा...

आज २९ मंसिर २०८१ शनिवार, कस्तो रहला आजको राशिफल ?

आज २९ मंसिर २०८१ शनिवार, कस्तो रहला आजको राशिफल ?

वि.सं.२०८१ मंसिर २९ शनिवार ०६:३१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल बैंक गोलबजार शाखाको भवन उद्घाटन

नेपाल बैंक गोलबजार शाखाको भवन उद्घाटन

वि.सं.२०८१ मंसिर २८ शुक्रवार २१:५४

काठमाडौं । सिराहा जिल्ला, गोलबजार नगरपालिका वडा नं. ४, गोलबजारमा...