back
NMB Ad

काठमाडौँ उपत्यकामा छठको रौनक   

Royal Enfield Inside Page Banner

काठमाडौँ : तिहार सकिएलगत्तै काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ ।

छठ पूजाका लागि काठमाडौँका नदी किनार झिलिमिल बत्तीसहित सिङ्गारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठघाट निर्माण थालिएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण गरिएको छ । उक्त क्षेत्रमा पाँच सय ६७ छठघाट अर्थात् पूजा कक्ष निर्माण गर्न लागिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य चन्द्रकान्त झाले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पाँच सय ६७ छठ घाट निर्माण गरेका छौँ, आज बिहानसम्म पाँच सय ५० वटा स्टल बुक भइसकेका छन् ।”

पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा हुने छठका लागि पशुपति क्षेत्र विकास कोषले रु तीन लाख उपलब्ध गराउने भएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका कोषाध्यक्ष धीरेन्द्रकुमार गुप्ताले बताउनुभयो ।

यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको छठ पूजा समाजले जनाएको छ । कमलपोखरीमा २६० वटा टेन्ट बनाएको समितिले जनाएको छ । छठका लागि काठमाडौँका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा रहेका नदीहरुको सरसफाइ गरिएको छ ।

वि.सं.२०८१ कात्तिक २१ बुधवार १३:५९ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
बुटवल–बर्दघाट प्रसारणलाइन निर्माण सम्पन्न   

बुटवल–बर्दघाट प्रसारणलाइन निर्माण सम्पन्न   

वि.सं.२०८१ मंसिर २९ शनिवार ०७:११

काठमाडौँ : देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढ एवं विश्वसनीय बनाउन,...

यस्तो छ विदेशी मुद्राको विनिमय दर   

यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ मंसिर २९ शनिवार ०६:४५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय...

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, बिना शुल्क ग्राहकलाई बोनस

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, बिना शुल्क ग्राहकलाई बोनस

वि.सं.२०८१ मंसिर २९ शनिवार ०६:४१

काठमाडौं । एनसेलले एक विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर संचालनमा...

आज २९ मंसिर २०८१ शनिवार, कस्तो रहला आजको राशिफल ?

आज २९ मंसिर २०८१ शनिवार, कस्तो रहला आजको राशिफल ?

वि.सं.२०८१ मंसिर २९ शनिवार ०६:३१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल बैंक गोलबजार शाखाको भवन उद्घाटन

नेपाल बैंक गोलबजार शाखाको भवन उद्घाटन

वि.सं.२०८१ मंसिर २८ शुक्रवार २१:५४

काठमाडौं । सिराहा जिल्ला, गोलबजार नगरपालिका वडा नं. ४, गोलबजारमा...

सिप्रदी ट्रेडिङ्गद्वारा चितवनमा टाटा म्याजिक बिएससिक्स सार्वजनिक

सिप्रदी ट्रेडिङ्गद्वारा चितवनमा टाटा म्याजिक बिएससिक्स सार्वजनिक

वि.सं.२०८१ मंसिर २८ शुक्रवार २१:४७

काठमाडौ : नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग...