काठमाडौं । आज कात्तिक २१ गते बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ । उक्त दिन बजार १.८८ अंकले घटेर २६७५..५१ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३२० कम्पनीको १ करोड १६ लाख ८६९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड २४ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा पाँच वटा उपसूचक मात्र हरियाली भएको छ ।
उक्त दिन बजारमा गिरावट आउँदा पनि नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
वि.सं.२०८१ कात्तिक २१ बुधवार १५:०६ मा प्रकाशित