काठमाडौं । आज कात्तिक २१ गते बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ । उक्त दिन बजार १.८८ अंकले घटेर २६७५..५१ को विन्दुमा कायम भएको छ ।
उक्त दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३५ करोड ३८ लाख ३९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको पिपुल्स हाइड्रोपावरको २३ करोड ९४ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सम्वृद्धि फाइनान्सको २३ करोड ७५ लाख १४ हजार रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको १९ करोड ७३ लाख ४० हजार रुपैयाँ, नेपाल एसबिआइ बैंक ऋणपत्र २०८९ को १५ करोड ७५ लाख रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८१ कात्तिक २१ बुधवार १५:१२ मा प्रकाशित