back

नेपालमा ‘टिकटक’ आधिकारिक रुपमा दर्ता

Nepal Bank

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि आधिकारिक रुपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचिकरण भएको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही निर्देशिकाको दफा ३ को उपदफा ४ मा अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाले अनुसूची १ मा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था छ ।

मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले टिकटक सूचीकरणको निर्णय गरेको थियो । दसँैं, तिहार पर्वका कारण केही ढिला भएको उल्लेख गर्दै मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव ममता बाँस्तोलाले म¬ङ्गलबार टिकटक प्लेटर्फम विधिवत्रुपमा मन्त्रालयमा सूचीकरण गरिएको जानकारी दिनुभयो । सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाअन्तर्गत नेपालभित्र सञ्चालित अन्य सामाजिक सञ्चाललाईसमेत यथाशीघ्र सुचीकरण गराउन मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

साथै हालसम्म ‘टिकटक’सँगै, ‘भाइबर’ र ‘वी टक’ लगायतका सामाजिक सञ्जाल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भइसकेको छ । “अरु सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा छन्,” उपसचिव बाँस्तोलाले भन्नुभयो, “सकेसम्म सबैलाई समयमै व्यवस्थित गर्ने मन्त्रालयको प्रयास रहन्छ ।”

वि.सं.२०८१ कात्तिक २१ बुधवार १७:०७ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...