काठमाडौं । भोली कात्तिक २२ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले छठ पर्वको अवसरमा भोली सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले कात्तिक २२ गते विदा दिने भएको हो । उक्त दिन बैंक तथा वित्तीय संस्था, सेयर बजार र सरकारी कार्यलयहरु बन्द हुनेछन् । अब सेयर बजार कात्तिक २५ गते आइतबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था भने शुक्रबार नै नियमितरुपमा खुला हुनेछन् ।
वि.सं.२०८१ कात्तिक २१ बुधवार १७:१८ मा प्रकाशित