back
NMB Ad

बाढीपीडित किसानलाई पशु–सुरक्षण बिमा रकम प्रदान   

काभ्रेपलाञ्चोक : गत असोज दोस्रो साताको बाढीपहिरोमा परी मरेका पशुचौपायाको पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडास्थित किसानलाई पशु–सुरक्षण बिमा रकम प्रदान गरिएको छ । कलाँती भूमिडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेडले शेयर सदस्य किसानको क्षति भएका भैँसी, गाई तथा बाख्राको सामुहिक विमा कार्यक्रमअन्तर्गतको किसानलाई रकम प्रदान गरिएको हो ।

संस्थाले २५ किसानलाई सामुहिक पशु बिमा बापतको रु २६ लाख क्षतिपूर्ति वितरण गरिएको सहकारीका संस्थापक अध्यक्ष बसुन्धरा हुमागाँईले जानकारी दिनुभयो । उहाँका अनुसार पशुको क्षति मूल्याङ्कन अनुसार पाँच वटा पशुचौपाया क्षति भएको स्थानीय किसान सुमित्रा थापाले रु चार लाख १८ हजार रकम पाउनुभएको छ । क्षतिको मुल्याङ्कनमा कम बिमा रकम पाउनेमा रु ३० हजार सम्म पाएका थिए ।

सहकारीले विपद्मा किसानको पशुचौपाया क्षतिमा सहयोग गर्न सकेकोमा खुसी भएको बाग्मती प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका हुमागाईंले बताउनुभयो । उहाँका अनुसार संस्थाको विपद् कोषमा रु एक करोड २० लाख बिमा रकम सञ्चित रहेको छ । संस्थाले रु एक लाख बिमा बराबरको वार्षिक रु एक हजार दुई सय किसानबाट उठाउने गरेको छ । संस्थाले उक्त क्षेत्रका तीन सय विपद् प्रभावित नागरिकलाई सुरक्षित खानेपानीका लागि आधुनिक फिल्टरसमेत वितरण गरेको छ ।

वि.सं.२०८१ मंसिर २ आइतवार १६:१८ मा प्रकाशित

You can share this post!

पालुङ्गो, चमसुर, मेथीको सागको मूल्य उच्च   

पालुङ्गो, चमसुर, मेथीको सागको मूल्य उच्च   

वि.सं.२०८२ वैशाख १६ मंगलवार ०६:४८

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

छुट्ला है, १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८२ वैशाख १६ मंगलवार ०६:४४

काठमाडौं । आज बैशाख १६ गते, मंगलबार, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको...

लुम्बिनीका विद्युतीय सवारीहरू अनधिकृत प्रयोग र अव्यवस्थाका कारण थन्किए

लुम्बिनीका विद्युतीय सवारीहरू अनधिकृत प्रयोग र अव्यवस्थाका कारण थन्किए

वि.सं.२०८२ वैशाख १६ मंगलवार ०६:३८

लुम्बिनी (मर्चवार) : पर्यटक सेवाको सुधार र हरित यातायात प्रवर्द्धनका...

सरकार–शिक्षक महासङ्घ वार्ता सकारात्मक, चाँडै निष्कर्षमा पुग्ने आशा

सरकार–शिक्षक महासङ्घ वार्ता सकारात्मक, चाँडै निष्कर्षमा पुग्ने आशा

वि.सं.२०८२ वैशाख १६ मंगलवार ०६:३०

काठमाडौँ : सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सोमबार राति...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ वैशाख १६ मंगलवार ०६:१८

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज १६ बैशाख २०८२ मंगलवार, कुन राशिको कस्तो रहला ?

आज १६ बैशाख २०८२ मंगलवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...