back
NMB Ad

एनसेलले पाँच वर्षमा १ खर्ब ७० अर्ब कर तिर्यो

Royal Enfield Inside Page Banner

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले पाँच वर्षमा भण्डै १ खर्ब ७० अर्ब रुपैयाँ सरकारलाई कर तिरेको छ । यो रकम सरकारलाई १५ वटा भन्दा बढि विभिन्न कर तथा सेवा शुल्कको शीर्षकहरु अन्तर्गत दाखिला गरिएको एनसेलले जनाएको छ ।

एनसेलले जीएसएम मोबाइल अनुमतिपत्र नविकरण शुल्क, आइएलडी अनुमतिपत्र नविकरण शुल्क, नेटवर्क सर्भिस् प्रोभाइडर नविकरण शुल्क, इन्टनेट सेवा प्रदायकको अनुमतिपत्र नविकरण शुल्क, दूरसञ्चार सेवा शुल्क, स्वामिन्व कर, भ्याट, भन्सार शुल्क, अग्रिम कर, रोयल्टी, ग्रामिण दूरसञ्चार कोषमा योगदान, फ्रिक्वेन्सी शुल्क लगायतका शीर्षकहरुमा यो रकम आर्थिक वर्ष २०७५/७६ देखि २०७९/७६ सम्ममा बुझाएको हो ।

यो अवधिमा सबैभन्दा बढी एनसेलले पुँजीगत लाभकर वापतको ४७ अर्ब बुझाएको थियो । त्यसैगरी, जीएसएम मोबाइल अनुमतिपत्र नविकरण शुल्कको २४ अर्ब, दूरसञ्चार सेवा शुल्कको २१ अर्ब, भ्याटको १४ अर्ब ७५ करोड, रोयल्टी ९ अर्ब ६५ करोड र फ्रिक्वेन्सी शुल्क ९ अर्ब ६५ करोड तिरेको थियो । यी पाँच आर्थिक वर्षमा एनसेलको कुल आय २ खर्ब २२ अर्ब रहेको थियो ।

विवरण हेर्ने हो भने एनसेलले आ.व २०७९/८० मז कुल ३८ अर्ब १५ करोड आम्दानी देखिन्छ । कम्पनीले तिरेको कर तथा शुल्क सो वर्षमा २० अर्ब १८ करोड रहेको देखिन्छ । सबैभन्दा भन्दा कर कम्पनीले आ.व २०७५/०७६ मा तिरेको छ र सो हुनुको कारण पुँजीगत लाभकरको दाखिला रहेको कम्पनीले बताएको छ ।

एनसेल स्रोतका अनुसार प्रत्येक वर्ष गरिने कुल आयको ५० प्रतिशत भन्दा बढि रकम सरकारलाई विभिन्न कर, शुल्क र राजश्व अन्तर्गत तिर्ने गरेको छ । “गत आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण सम्पन्न भएपछि एनसेलको राजश्वमा योगदानको रकम झन बढ्ने छ,” स्रोतले भन्यो । स्थापनाकालदेखिको हिसाव गर्ने हो भने एनसेलले सरकारलाई विभिन्न शीर्षकमा रु ३ खर्बभन्दा बढी राजश्व तिरिसकेको छ ।

वि.सं.२०८१ मंसिर ३ सोमवार १०:४२ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५५

टेकराज केसी, भेरीगङ्गा (सुर्खेत) : ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली...

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५१

मधुकर अधिकारी    वासिङ्गटन डिसी (अमेरिका) : संयुक्त राज्य अमेरिकाका...

नेटाले ८१८ मिलियन अमेरिकी डलर लगानी प्राप्त गर्‍यो,  अन्तर्राष्ट्रिय बिक्री दोब्बर गर्ने लक्ष्य

नेटाले ८१८ मिलियन अमेरिकी डलर लगानी प्राप्त गर्‍यो,  अन्तर्राष्ट्रिय बिक्री दोब्बर गर्ने लक्ष्य

वि.सं.२०८१ माघ ७ सोमवार १२:४५

काठमाडौं : चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन...

रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान   

रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान   

वि.सं.२०८१ माघ ७ सोमवार १२:३४

हेमन्त केसी   काँक्रेविहार (सुर्खेत) : डोल्पाको मुडकेचुला गाउँपालिकाको इलमा निर्माण...

कामना सेवा विकास बैंकको नाफामा देखियो चमक, यस्तो देखियो वित्तीय प्रगति

कामना सेवा विकास बैंकको नाफामा देखियो चमक, यस्तो देखियो वित्तीय प्रगति

वि.सं.२०८१ माघ ७ सोमवार १२:२४

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो...

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

वि.सं.२०८१ माघ ७ सोमवार ११:३१

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने...