back
Kumari Bank

माछापुच्छ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु   

Nepal Bank

गण्डकी : कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने मूल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाद्वारा आयोजित प्रतियोगिता मङ्सिर ८ गतेसम्म चल्नेछ । लाहाचोकस्थित महेन्द्र माविको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पालिकाभित्रका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता छ । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङले बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि खेलको विशेष महत्व हुने बताउनुभयो ।

खेलका माध्यमबाट व्यक्ति, समाज र राष्ट्रलाई चिनाउन सकिने हुँदा खेलकुदलाई हरेक क्षेत्रले प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले खेल क्षेत्रमा गुणात्मक प्रगति गर्नका लागि गाउँपालिकाले आगामी दिनमा अझै रचनात्मक कार्यक्रमलाई अघि बढाउने विश्वास व्यक्त गर्नुुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले गत वर्ष जस्तो यस वर्ष सङ्घीय सरकारबाट सहयोग प्राप्त नभए तापनि खेलकुदलाई प्राथमिकतामा राखेर पालिकाको आर्थिक लगानीमा यस प्रतियोगितालाई निरन्तरता दिइएको बताउनुभयो ।

माछापुच्छ्रे गाउँपालिका–२ का अध्यक्ष एवं प्रवक्ता गणेश आचार्य, वडा नं ९ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरिबहादुर क्षेत्रीलगायतले खेलकुदले व्यक्तिगत एवं सामाजिक रुपमा पार्ने प्रभावलगायत विषयमा आआफ्ना धारणा राख्नुभयो । प्रतियोगिताअन्तर्गतका मार्चपास, विभिन्न दूरीका दौड, लङजम्प, नृत्यलगायत केही खेल आज सम्पन्न भएको आयोजकले जनाएको छ ।

वि.सं.२०८१ मंसिर ६ बिहीवार २१:२५ मा प्रकाशित

You can share this post!

धादिङ-काठमाडौँ सम्पर्क मञ्चद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

धादिङ-काठमाडौँ सम्पर्क मञ्चद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार २२ आइतवार ०७:०८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धादिङ-काठमाडौँ सम्पर्क मञ्चले खुल्ला...

आजको मौसमः यी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना   

आजको मौसमः यी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार २२ आइतवार ०६:४०

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै   

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै   

वि.सं.२०८२ असार २२ आइतवार ०६:३४

काठमाडौँ :  प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको...

आज असार २२ गते आइतवार, कुन राशिको कस्तो रहला ?

आज असार २२ गते आइतवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८२ असार २२ आइतवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्र डटकमको दशक यात्रामा उच्चस्तरीय बहस :‘पर्यटनमा बजेटमात्र होइन, कार्यान्वयन र साझेदारी अपरिहार्य’

अर्थतन्त्र डटकमको दशक यात्रामा उच्चस्तरीय बहस :‘पर्यटनमा बजेटमात्र होइन, कार्यान्वयन र साझेदारी अपरिहार्य’

वि.सं.२०८२ असार २१ शनिवार १८:५१

काठमाडौं : नेपालको अग्रणी आर्थिक अनलाइन अर्थतन्त्र डटकमले आफ्नो दशक...

पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह   

पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह   

वि.सं.२०८२ असार २१ शनिवार ०६:१४

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...