back
NMB Ad

उच्च विन्दुमा डलरको भाउः नेपाली रुपैयाँ कमजोर, रेमिट्यान्स पठाउनेलाई फाइदा

काठमाडौँ  : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर, स्टर्लिङ पाउण्ड, क्यानेडियन डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाईभाट, मलेसियन रिङ्गेट, कुवेती दिनार, बहराइन दिनारको मूल्य बढेको छ । युरो र डेनिस क्रोनरको भने मूल्य घटेको छ ।

शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । यस्तै, युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर एक सय ७१ रुपैयाँ ३८ पैसा कायम भएको छ । केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ७१ पैसा तथा बिक्रीदर एक सय ५३ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ, बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा निर्धारण भएको जनाएको छ ।

आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६३ पैसा तथा बिक्री दर ९७ रुपैयाँ ०७ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ४४ पैसा तथा बिक्रीदर एक सय रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, बढेको चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ तथा बिक्रीदर ३७ रुपैयाँ १७ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै थाईभाट एकको खरिददर तीन रुपैयाँ ८९ पैसा तथा बिक्रीदर तीन रुपैयाँ ९१ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ २१ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ३५ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा तथा बिक्रीदर १२ रुपैयाँ ३० पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा तथा बिक्रीदर १९ रुपैयाँ ०४ पैसा र हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ४१ पैसा तय गरेको छ ।

यस्तै कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ६७ पैसा तथा बिक्रीदर चार सय ४० रुपैयाँ ६२ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ९० पैसा तथा बिक्रीदर तीन सय ५९ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
अमेरिकी र अन्य मुख्य मुद्रासँग नेपाली रुपैयाँको अवमूल्यन बढ्दै जाँदा नेपालजस्तो कमजोर आर्थिक अवस्था भएको तथा आयात व्यापारमा निर्भर अर्थतन्त्रका लागि निकै असर पर्छ । डलर महँगो हुँदा नेपाललगायत आयातमुखी अर्थतन्त्र भएका देशहरुलाई समग्रमा घाटा बढी पर्छ ।

निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । विदेशबाट रेमिट्यान्स पठाउनेलाई भने केही फाइदा हुनसक्छ ।

वि.सं.२०८१ मंसिर ७ शुक्रवार ०६:१७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
इरानका सर्वोच्च नेताद्वारा क्षेप्यास्त्र सीमा, क्षेत्रीय प्रभावका विषयमा अमेरिकासँग वार्ता गर्न अस्वीकार   

इरानका सर्वोच्च नेताद्वारा क्षेप्यास्त्र सीमा, क्षेत्रीय प्रभावका विषयमा अमेरिकासँग वार्ता गर्न अस्वीकार   

वि.सं.२०८१ फागुन २५ आइतवार १२:५१

तेहरान  :  इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले वार्ताहरू इरानी...

सुर्खेतमा तारा एयरको उडान बन्द, यस्तो छ कारण   

सुर्खेतमा तारा एयरको उडान बन्द, यस्तो छ कारण   

वि.सं.२०८१ फागुन २५ आइतवार १२:४१

काँक्रेविहार : तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै...

सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु   

सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु   

वि.सं.२०८१ फागुन २५ आइतवार १२:१७

बेरुत : सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल–असदका...

एनएमबि बैंकको सिइओमा गोविन्द घिमिरे नियुक्त, सुनिल के.शीको कार्यकाल वैशाख ९ सम्म निरन्तर

एनएमबि बैंकको सिइओमा गोविन्द घिमिरे नियुक्त, सुनिल के.शीको कार्यकाल वैशाख ९ सम्म निरन्तर

वि.सं.२०८१ फागुन २५ आइतवार १२:०६

काठमाडौं । एनएमबि बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ)...

प्रभु क्यापिटलद्वारा अन्तर्राष्ट्रिय महिला दिवसमा विशिष्ट महिलाहरू सम्मानित

प्रभु क्यापिटलद्वारा अन्तर्राष्ट्रिय महिला दिवसमा विशिष्ट महिलाहरू सम्मानित

वि.सं.२०८१ फागुन २५ आइतवार ११:४१

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा प्रभु क्यापिटल...

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन   

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन   

वि.सं.२०८१ फागुन २५ आइतवार ११:१४

लुम्बिनी : विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप...