back
NMB Ad

दैनिक १ हजार बढीले चढ्छन् धरहरा, एक सातामा करिब १५ लाख राजस्व सङ्कलन   

Royal Enfield Inside Page Banner

काठमाडौँ : विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा रु १४ लाख ७० हजार राजस्व सङ्कलन भएको छ । यही मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ गते आइतबारसम्म रु १४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको हो ।

कामु आयोजना निर्देशक प्रकाश अर्यालले बुधबार बन्द हुने र अन्य दिन दैनिक करिब एक हजार दुई सयले धरहरा चढ्ने गरेको बताउनुभयो । “९ गतेदेखि हालसम्म आठ हजार तीन सय १६ जनाले धरहरा चढिसकेका छन् । जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन”, उहाँले भन्नुभयो,“बिहान साढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा पनि नागरिकको उल्लेख्य उपस्थिति देखियो । समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गर्न सकिएको छैन ।”

बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्न सक्ने हो भने दैनिक एक हजार पाँच सयले धरहरा चढेर अवलोकन गर्ने अनुमान रहेको अर्यालले बताउनुभयो । धरहरा चढ्न प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ ।

विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउनेछन् । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति रु एक हजार शुल्क तोकिएको छ ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई यही मङ्सिर ९ देखि धरहरा सञ्चालन भएको हो । त्यसअघि यही मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क पनि स्वीकृत गर्ने निर्णय गरेको थियो । सहरी विकास मन्त्रालयको प्रस्तावअनुसार उक्त निर्णय भएको हो ।

यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ । यस्तै, धरहरा परिसरमा प्रवेशका लागि भने रु ५० निर्धारण गरिएको बताइएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ । व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको छ ।

वि.सं.२०८१ मंसिर १७ सोमवार १४:३२ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५५

टेकराज केसी, भेरीगङ्गा (सुर्खेत) : ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली...

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५१

मधुकर अधिकारी    वासिङ्गटन डिसी (अमेरिका) : संयुक्त राज्य अमेरिकाका...

नेटाले ८१८ मिलियन अमेरिकी डलर लगानी प्राप्त गर्‍यो,  अन्तर्राष्ट्रिय बिक्री दोब्बर गर्ने लक्ष्य

नेटाले ८१८ मिलियन अमेरिकी डलर लगानी प्राप्त गर्‍यो,  अन्तर्राष्ट्रिय बिक्री दोब्बर गर्ने लक्ष्य

वि.सं.२०८१ माघ ७ सोमवार १२:४५

काठमाडौं : चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन...

रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान   

रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान   

वि.सं.२०८१ माघ ७ सोमवार १२:३४

हेमन्त केसी   काँक्रेविहार (सुर्खेत) : डोल्पाको मुडकेचुला गाउँपालिकाको इलमा निर्माण...

कामना सेवा विकास बैंकको नाफामा देखियो चमक, यस्तो देखियो वित्तीय प्रगति

कामना सेवा विकास बैंकको नाफामा देखियो चमक, यस्तो देखियो वित्तीय प्रगति

वि.सं.२०८१ माघ ७ सोमवार १२:२४

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो...

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

वि.सं.२०८१ माघ ७ सोमवार ११:३१

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने...