काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८०/८१ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले लाभांश प्रस्तावबिनाको वित्तीय विवरणहरु संस्थाको वार्षिक साधारण सभामा प्रस्तुत गर्नका लागि नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।
वि.सं.२०८१ मंसिर २० बिहीवार १०:५१ मा प्रकाशित