back

एनपिएल: पोखराद्वारा जनकपुर सामु १३९ रनको लक्ष्य प्रस्तुत   

Nepal Bank

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्ससामु जितका लागि एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३८ रन बनाएकोे होे ।

पोखराका लागि मार्कस क्रिचले ३० बलमा एक छक्का र तीन चौका प्रहार गर्दै ३५ रन बनाए । माइकल लिस्कले २५, एन्ड्रिज गौसले २०, रेमन रेफरले १७ र दिलीप नाथले ११ रनको योगदान दिए । साथै दिनेश खरेलले १०, कप्तान कुशल भुर्तेलले ६ रन जोडे भने अविजित रहँदै नारायण जोशीले ५ र विपिन खत्रीले एक रन बनाए ।

जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, जेम्स निशमले दुई, मोहम्मद मोहसिन र किशोर महतोले समान एक/एक विकेट लिए । अहिले जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।

वि.सं.२०८१ मंसिर २० बिहीवार ११:५२ मा प्रकाशित

You can share this post!

नागार्जुन नगरपालिकाका मेयर बस्नेत ९ करोड घुसकाण्डमा दोषी ठहर

नागार्जुन नगरपालिकाका मेयर बस्नेत ९ करोड घुसकाण्डमा दोषी ठहर

वि.सं.२०८२ असार ६ शुक्रवार १८:२२

काठमाडौं। नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत घुस लिएको मुद्दामा विशेष...

एकसठ्ठी किलो सुन तस्करी प्रकरणमा फरार रोका पक्राउ   

एकसठ्ठी किलो सुन तस्करी प्रकरणमा फरार रोका पक्राउ   

वि.सं.२०८२ असार ६ शुक्रवार १८:१६

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले त्रिभुवन...

टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

वि.सं.२०८२ असार ६ शुक्रवार १७:५३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पूर्वघोषित आन्दोलनका...

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते   

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते   

वि.सं.२०८२ असार ६ शुक्रवार १७:४७

डोटी  : डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु...

शेयर ब्रोकर एसोसिएसनले दियो १६ बुँदे सुझाव, कारोबार निलम्बन हटाउन र कालोसूची कडाइ गर्न माग

शेयर ब्रोकर एसोसिएसनले दियो १६ बुँदे सुझाव, कारोबार निलम्बन हटाउन र कालोसूची कडाइ गर्न माग

वि.सं.२०८२ असार ६ शुक्रवार १७:३९

काठमाडौं। शेयर ब्रोकर एसोसिएसन अफ नेपालले पूँजीबजार सुधारका लागि नेपाल...

देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दैछौँ : प्रधानमन्त्री

देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दैछौँ : प्रधानमन्त्री

वि.सं.२०८२ असार ६ शुक्रवार १७:२७

ललितपुरं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डको...