back
NMB Ad

एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज   

Royal Enfield Inside Page Banner

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर काठमाडौँले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय लिएको हो ।

जारी प्रतियोगितामा काठमाडौँ गुर्खाजको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमध्ये काठमाडौँले एक खेलमा विजयी भएको छ भने एक खेलमा पराजय भोगेको छ । काठमाडौँ गुर्खाज पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भने काठमाडौँले कर्णालीलार्ई तीन विकेटले हराएको थियो ।

त्यस्तै, जारी एनपिएलमा सुदूरपश्चिम रोयल्सको यो दोस्रो खेल हो । पहिलो खेलमै सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरूआत गरेको थियो ।

वि.सं.२०८१ मंसिर २० बिहीवार १३:२४ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

वि.सं.२०८१ माघ ७ सोमवार २१:०८

काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्सले मधेस प्रदेशका ८ वटै जिल्लामा...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ माघ ७ सोमवार २०:५६

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री पौडेल   

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री पौडेल   

वि.सं.२०८१ माघ ७ सोमवार २०:४९

काठमाडौँ :  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी...

बागमती प्रदेशमा बढ्दै समस्याग्रस्त सहकारी संस्थाको सङ्ख्या, १३७ सहकारी संस्थाविरूद्ध उजुरी   

बागमती प्रदेशमा बढ्दै समस्याग्रस्त सहकारी संस्थाको सङ्ख्या, १३७ सहकारी संस्थाविरूद्ध उजुरी   

वि.सं.२०८१ माघ ७ सोमवार २०:३७

 बागमती  : बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको सङ्ख्या बढ्दै गएको छ...

कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५५

टेकराज केसी, भेरीगङ्गा (सुर्खेत) : ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली...

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५१

मधुकर अधिकारी    वासिङ्गटन डिसी (अमेरिका) : संयुक्त राज्य अमेरिकाका...