back
NMB Ad

कन्याममा ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालन हुँदै   

Royal Enfield Inside Page Banner

इलाम : सूर्योदय नगरपालिका–७ कन्याममा निर्माण भएको ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालनको तयारीमा छ । कोसी प्रदेश सरकार र नगरपालिकाको रु २३ करोड लगानीमा बनेको उक्त सेन्टर यही मङ्सिर २७ देखि सञ्चालनमा आउन लागेको हो ।

नगरप्रमुख रणबहादुर राईले मङ्सिर २७ गते कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो । उद्घाटनमा प्रदेशका अन्य मन्त्रीहरू पनि आउनुहुन्छ”, उहाँले भन्नुभयो, “योे मुलुकको पहिलो चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र हो, केन्द्रको पूर्वाधार निर्माणको सबै काम सम्पन्न भएको छ ।”

अहिले सेन्टरको भौतिक पूर्वाधार तयार भएको भन्दै आवश्यक उपकरणसमेत जडान भएका नगरप्रमुख राईले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रमा चिया चाख्ने (टि टेस्टिङ)को काम हुनेछ भने चिया अनुसन्धानका लागि भौतिक पूर्वाधार तयार छ ।

“आवश्यक थप उपकरण व्यवस्थापन गरिँदैछ । इलामका लागि मात्र होइन, यो सेन्टर देशका लागि पनि नमूना हुने विश्वास लिएका छौँ”, नगरप्रमुख राईले भन्नुभयो, “चियाको स्वाद, गुणस्तर जाँचदेखि चियासम्बन्धी सबै किसिमका अध्ययन यही केन्द्रमा हुनेछ ।” केन्द्रमा विश्वभरका जोसुकै चिया व्यापारी वा टी–इन्स्पेक्टर (चियाविज्ञ) ले चियाको गुणस्तर जाँच गर्न सक्ने उहाँले बताउनुभयो ।

कन्याम घुम्न आउने पर्यटकले थरिथरिका चियाका स्वाद लिन पाउने नगर कार्यालयले जनाएको छ । सेन्टर सञ्चालनका लागि नगरले कार्यविधि तयार गरेको छ । नगरप्रमुख राईले टि टेस्टिङ नगरअन्तर्गत हुने बताउँदै अनुसन्धानको काम भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गर्ने जानकारी दिनुभयो ।

चिया रोप्न सुरु भएको करिब एक सय ६० वर्षपछि इलाममा अनुसन्धान केन्द्र निर्माण हुँदा यहाँका किसानमा उत्साह थपिएको छ  । चिया किसान मनोज भट्टराईले केन्द्र स्थापनापछि चियामा लाग्ने स–साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताउनुभयो । चिया प्राविधिकसमेत गाउँमा उत्पादन गर्न केन्द्रले मद्दत गरेमा किसानलाई थप सहज हुने उहाँको भनाइ छ ।

“यहाँ सामान्यतया चिया प्रशोधन कम हुने, उत्पादन भएको चिया परम्परागत शैलीमा टिप्ने र प्रशोधन हुँदै आएको छ । अनुसन्धान केन्द्रले चियामा नयाँ आयाम स्थापना गर्न मद्दत पुग्ने आशा छ”, भट्टराईले भन्नुभयो । चियाका लागि प्रख्यात इलामको कन्याम चियाबारीबीचमा निर्मित केन्द्रमा पर्यटक थप आकर्षित हुने विश्वास लिइएको उहाँले बताउनुभयो ।

केन्द्र चियाको व्यापार प्रवर्द्धनमा सहयोगी बन्ने कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले बताउनुभयो । “अहिले गुणस्तरीय चिया जाँच गर्ने, यसको व्यापार र गुणस्तर प्रवर्द्धन गर्न किसानलाई समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “अब कन्याममा मुलुकको नमूनाका रूपमा अनुसन्धान केन्द्र स्थापना भएको छ ।”

चिया उत्पादनका हिसाबले इलाम महत्वपूर्ण र उर्वरभूमि मानिन्छ । सूर्योदय नगरपालिकालाई चियाको राजधानीका रूपमा चिनिएको छ । यहाँ अनुसन्धान केन्द्र स्थापना भएपछि नेपाली चियासम्बन्धी अनुसन्धान गर्न चाहनेलाई सहज हुने जनाइएको छ  ।

किसान धीरज अधिकारीले भन्नुभयो, “स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्ने आउने हुँदा हाम्रो जिल्लामा पर्यटकको सङ्ख्यामासमेत वृद्धि हुने अपेक्षा छ ।” नगरपालिका कोसी प्रदेशको पर्यटकीय नगरी भएकाले पनि केन्द्र स्थापनापछि पर्यटक आगमन बढ्ने उहाँले उल्लेख गर्नुभयो ।

केन्द्र निर्माणले समग्र जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकार भएकाहरू बताउँछन् । नगरपालिकामा अन्य ठूला लगानीका आयोजनामध्ये कुनै निर्माणको अन्तिम चरणमा छन् भने कुनै निर्माण भइरहेका नगरप्रमुख राईले बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय दातामार्फत केही ठूलो लगानीका आयोजना आउने चरणमा छन् ।

जिल्लामा उत्पादित चिया १० प्रतिशत नेपालमा, ७० प्रतिशत भारत र थप २० प्रतिशत तेस्रो मुलुक निर्यात हुने गरेको जनाइएको छ  ।

वि.सं.२०८१ मंसिर २० बिहीवार १४:४१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५५

टेकराज केसी, भेरीगङ्गा (सुर्खेत) : ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली...

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५१

मधुकर अधिकारी    वासिङ्गटन डिसी (अमेरिका) : संयुक्त राज्य अमेरिकाका...

नेटाले ८१८ मिलियन अमेरिकी डलर लगानी प्राप्त गर्‍यो,  अन्तर्राष्ट्रिय बिक्री दोब्बर गर्ने लक्ष्य

नेटाले ८१८ मिलियन अमेरिकी डलर लगानी प्राप्त गर्‍यो,  अन्तर्राष्ट्रिय बिक्री दोब्बर गर्ने लक्ष्य

वि.सं.२०८१ माघ ७ सोमवार १२:४५

काठमाडौं : चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन...

रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान   

रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान   

वि.सं.२०८१ माघ ७ सोमवार १२:३४

हेमन्त केसी   काँक्रेविहार (सुर्खेत) : डोल्पाको मुडकेचुला गाउँपालिकाको इलमा निर्माण...

कामना सेवा विकास बैंकको नाफामा देखियो चमक, यस्तो देखियो वित्तीय प्रगति

कामना सेवा विकास बैंकको नाफामा देखियो चमक, यस्तो देखियो वित्तीय प्रगति

वि.सं.२०८१ माघ ७ सोमवार १२:२४

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो...

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

वि.सं.२०८१ माघ ७ सोमवार ११:३१

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने...