काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार आज १५.९३ अंकले घटेर २७३४.९३ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ ।
उक्त दिन बजारमा गिरावट आउँदा पनि खानीखोला हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर, मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआइसी) को सेयर मूल्य सर्वाधिक बढेको छ ।
वि.सं.२०८१ मंसिर २० बिहीवार १५:०६ मा प्रकाशित