काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार आज १५.९३ अंकले घटेर २७३४.९३ को विन्दुमा कायम भएको छ ।
उक्त दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४२ करोड १९ लाख ३९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको करोड २९ लाख ३ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)को २० करोड ८७ लाख २ हजार रुपैंया रसुवागढी हाइड्रोपावरको २० करोड ११ लाख ८७ हजार रुपैयाँ, जानकी फाइनान्सको १३ करोड ९८ लाख १२ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८१ मंसिर २० बिहीवार १५:१३ मा प्रकाशित