back
NMB Ad

आज २१ मंसिर २०८१ शुक्रवार, कस्तो रहला आजको राशिफल ?

Royal Enfield Inside Page Banner

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा नयाँ निर्णय लिनुभन्दा अघि जानकारसँग सल्लाह अवश्य लिनुहोला। घर परिवारमा मांगलिक कार्य हुन सक्ला। व्यापार व्यवसायमा मातापिताको आशीर्वाद लिएर निस्किदा लाभ मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा राम्रो सद्भाव पाइनेछ। कार्यक्षेत्रमा अरुको उपकार गर्नुभन्दा अघि आफ्नो बारेमा सोच्नुहोला। नोकरी वा पेशामा शत्रुहरू परास्त हुनेछन्। स्वास्थ्यमा पेटसम्बन्धी समस्या रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापारमा लाभ हुनाले मन सन्तुष्ट रहनेछ। हजुरको साहस र धैर्य देखेर शत्रुपक्ष पराजित हुनेछन्। सांसारिक सुख सुविधामा धन खर्च हुनेछ। वित्तीय लेनदेन नगर्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पुरानो मित्रको सहायोगले रोकिएको काम प्रारम्भ हुनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर मन अशान्त रहनेछ। सवारी साधनमा धन खर्च गर्नुपर्ला। कार्यक्षेत्रमा शत्रुपक्ष सक्रिय रहनेछन्। अध्ययनमा प्रगति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनीतिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ बाटो खुल्नेछ। सांस्कृतिक समारोहमा सहभागी हुने अवसर मिल्नेछ। कार्यक्षेत्रमा हजुरको बुद्धि र ज्ञानको प्रशंसा हुनेछ। उच्च महत्वकांक्षाले समस्याहरू पनि निम्त्याउनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सरकारी नोकरीमा पदको प्रभावले लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ खानपानको विशेष ध्यान राखौं। यात्रा गर्दा आफ्नो सामानको सुरक्षा स्वयं गरौं। प्रतिस्पर्धी विद्यार्थीहरुलाई प्रतिस्पर्धामा सफलता मिल्ने छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा एकाग्र भएर काम गर्नुहोस् विशेष सफलता मिल्नेछ। जीवन साथीको प्रगतिले मन प्रसन्न रहनेछ। आर्थिक कारोबारमा दीर्घकालीन योजना बन्नेछ। धार्मिक यात्रा हुन सक्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिन उत्साहवर्धक रहनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ भने व्यापार व्यवसायमा पनि लाभ रहेको छ। साझेदारी व्यापारमा सानातिना कुरालाई नजर अन्दाज गर्नुहोस् नभए मनमुटाव हुन सक्ला। साँझको समय मित्रहरूसँग घुमफिरमा बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा प्रतिद्वन्दीहरूले समस्या दिनेछन्। नयाँ नोकरीको लागि गरिएको प्रयास सफल रहनेछ। सामाजिक कार्यमा धन खर्च हुनसक्छ। घरपरिवारमा कुनै मनमुटाव थियो भने सुल्झिनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नोकरी वा पेशामा अधिकारीवर्गबाट प्रशंसा मिल्नेछ। आर्थिक कारोबारमा लाभ मिल्नेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। सानो प्रयत्नले गर्दा जीवनशैलिमा सुधार ल्याउन सकिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरी वा पेशामा अप्ठ्यारो कामको नेतृत्वमा सफल हुनाले अधिकारिवर्गबाट सम्मान पाइनेछ। व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बढ्नेछन्। आफ्नो खर्चमा नियन्त्रण राख्नुपर्ने हुन्छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शेयर बजारबाट मनग्य लाभ मिल्ने सम्भावना छ। भाग्यको पूरा साथ मिल्नेछ। अगाडि रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ। ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

वि.सं.२०८१ मंसिर २१ शुक्रवार ०६:२१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

वि.सं.२०८१ माघ ७ सोमवार २१:०८

काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्सले मधेस प्रदेशका ८ वटै जिल्लामा...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ माघ ७ सोमवार २०:५६

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री पौडेल   

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री पौडेल   

वि.सं.२०८१ माघ ७ सोमवार २०:४९

काठमाडौँ :  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी...

बागमती प्रदेशमा बढ्दै समस्याग्रस्त सहकारी संस्थाको सङ्ख्या, १३७ सहकारी संस्थाविरूद्ध उजुरी   

बागमती प्रदेशमा बढ्दै समस्याग्रस्त सहकारी संस्थाको सङ्ख्या, १३७ सहकारी संस्थाविरूद्ध उजुरी   

वि.सं.२०८१ माघ ७ सोमवार २०:३७

 बागमती  : बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको सङ्ख्या बढ्दै गएको छ...

कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५५

टेकराज केसी, भेरीगङ्गा (सुर्खेत) : ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली...

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५१

मधुकर अधिकारी    वासिङ्गटन डिसी (अमेरिका) : संयुक्त राज्य अमेरिकाका...