काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले एफपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको हो । संस्थाले ४ करोड ६६ लाख ८१ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासनका लागि स्वीकृत माग गरेको हो ।
संस्थाको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०८१ मंसिर २१ शुक्रवार १२:१६ मा प्रकाशित