back
NMB Ad

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री तथा पोसाक वितरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ३, कैलाली स्थित श्री नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग, शैक्षिक सामाग्री तथा पोसाक बितरण गरेको छ ।

उक्त सामाग्रीहरु बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले श्री नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष, बसन्ती बलामी र प्रधानाध्यापक, जंग वहादुर तारामीलार्ई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत, विकास आनन्द, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंकका सुदुर पश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भन्डारी र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १७:०७ मा प्रकाशित

You can share this post!

‘सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन   

‘सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन   

वि.सं.२०८१ चैत ३ सोमवार २०:५४

काठमाडौँ : वाणिज्य बैङ्क तथा राष्ट्रियस्तरका वित्तीय संस्थाले आफ्नो संस्थागत...

ग्लोबल मनी विक – २०२५: वित्तीय साक्षरता अभियान आजदेखि सुरु

ग्लोबल मनी विक – २०२५: वित्तीय साक्षरता अभियान आजदेखि सुरु

वि.सं.२०८१ चैत ३ सोमवार १७:४८

काठमाडौं।  आजदेखि ‘ग्लोबल मनी विक – २०२५’ अभियान सुरू भएको...

सन नेपाल लाइफ इन्स्योरेन्सलाई २७ प्रतिशत हकप्रद सेयर बिक्रीको अनुमति

सन नेपाल लाइफ इन्स्योरेन्सलाई २७ प्रतिशत हकप्रद सेयर बिक्रीको अनुमति

वि.सं.२०८१ चैत ३ सोमवार १७:३५

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद सेयर बिक्री...

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोख्रेलद्वारा जिम्मेवारी हस्तान्तरण

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोख्रेलद्वारा जिम्मेवारी हस्तान्तरण

वि.सं.२०८१ चैत ३ सोमवार १७:२५

काठमाडौं। नेपाल राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी डा. डिल्लीराम...

 मनाङबाट ४६ विद्यार्थीले एसइई दिने   

 मनाङबाट ४६ विद्यार्थीले एसइई दिने   

वि.सं.२०८१ चैत ३ सोमवार १७:०६

मनाङ : मनाङमा ४६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने...

क्रेष्ट माइक्रो लाइफको आईपीओ भोली बाँडफाँड हुने, आईपीओ हात पार्न भाग्यकै भर

क्रेष्ट माइक्रो लाइफको आईपीओ भोली बाँडफाँड हुने, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८१ चैत ३ सोमवार १६:४३

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ भोली मंगलबार बाँडफाँड...