back
NMB Ad

उच्च कर दातालाई नेपाल उद्योग परिसंघको सम्मान

Royal Enfield Inside Page Banner

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ को अवसरमा नेपाल सरकारबाट सम्मानित हुनुभएका उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सम्मानित मध्ये २ वटा सरकारी लगानी रहेका कम्पनीहरु छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो ।

राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता डाबर नेपाल, एकलौटी फर्महरु मध्येबाट सबै भन्दा बढी आयकर तिर्ने श्रुती ट्रेडर्स, सुचना प्रविधि सम्बन्धि सेवा निर्यातको कारोबार गर्ने मध्येबाट सबैभन्दा बढी आयकर तिर्ने कोडावतार, कृषि एवं पशुुपंछिजन्य उद्योगहरु मध्येबाट सबैभन्दा बढी आयकर तिर्ने पतञ्जली आयुर्वेद, बैंक, वित्तिय संस्था र बिमाको कारोबार गर्ने मध्येबाट सबै भन्दा बढी आयकर तिर्ने नबिल बैंकलाई परिसंघले सम्मान गरेको हो ।

यस्तै स्वास्थ्य तथा शैक्षिक संस्थाहरु मध्येबाट सबैभन्दा बढी आयकर तिर्ने लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने तारागाउँ रिजेन्सी होटेल, यसैगरी, वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर, उर्जामुलक उद्योगमध्येबाट सबैभन्दा बढी आय कर तिर्ने भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आय कर तिर्ने सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई परिसंघले सम्मान गरेको छ ।

यसैगरी वि.संं. २०७५ साउनदेखि २०८१ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिबृद्धि कर र विवरण र सो अवधिको कर समयमै दाखिला गरि नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिबृद्धि कर दाखिला गर्ने होङ्सी शिवम् सिमेन्ट, वार्षिक कारोबार रकम ५० करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये आर्थिक वर्ष २०७९/८० को आयविवरण अनुसार सबै भन्दा बढी आयकर तिर्ने सोल्टी इन्टरप्राइजेज्, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने वरुण वभरेज नेपाल र व्यक्तिगत आय तर्फ सबैभन्दा बढी आय कर तिर्ने जावलाखेल गु्रप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहलाई परिसंघले सम्मान गरेको छ । शाह परिसंघका उपाध्यक्ष समेत हुनुहुन्छ ।

आज परिसंघ सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गर्नुभयो । उहाँले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धी मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान भएको बताउनुभयो । योगदानको कदर गर्दै उत्पादनमुलक तथा सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्थाको रुपमा परिसंघले उच्च करदातालाई सम्मान गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा परिसंघ वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, गभर्निङ्ग काउन्सिल सदस्यद्धय विजय कुमार शाह, शशिकान्त अग्रवाल, पदाधिकारी सदस्य छाया शर्मा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागि हुनुहुन्थ्यो ।

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १७:२२ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
जगदम्बा मोटर्सद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा, राइडरहरुलाई यस्ता छन् अफर

जगदम्बा मोटर्सद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा, राइडरहरुलाई यस्ता छन् अफर

वि.सं.२०८१ माघ ६ आइतवार १७:५९

काठमाडौं । टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल   

मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल   

वि.सं.२०८१ माघ ६ आइतवार १७:५१

काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको...

हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक   

हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक   

वि.सं.२०८१ माघ ६ आइतवार १७:२३

कायरो, ६ माघ : प्यालेष्टिनी इस्लामी समूह (हमास) को सशस्त्र...

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण

वि.सं.२०८१ माघ ६ आइतवार १७:१०

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा...

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो   

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो   

वि.सं.२०८१ माघ ६ आइतवार १५:४१

बैतडी : यहाँ जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट...

नेप्सेमा ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत

नेप्सेमा ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत

वि.सं.२०८१ माघ ६ आइतवार १५:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार थप एक कम्पनीको...