back
NMB Ad

वीरगञ्ज भन्सारले  पुसदेखि थप दुई घण्टा सेवा विस्तार गर्ने  

Royal Enfield Inside Page Banner

वीरगञ्ज (पर्सा) : वीरगञ्जका दुवै भन्सार कार्यालयको आगामी पुस १ गतेदेखि दैनिक थप दुई घण्टा भन्सारको सेवा विस्तार गर्ने भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले आगामी पुस १ गतेदेखि वीरगञ्ज भन्सारमा वस्तु तथा सामानको जाँचपाँस र यात्रुको जाँचपासका लागि थप दुई घण्टा सेवा विस्तार गर्ने निर्णय गरेको हो ।

पर्साका प्रजिअ अर्यालले भन्सार जाँचपासको प्रक्रियालाई सहज बनाउन दुई घण्टा थप सेवा विस्तार गर्न लागिएको जानकारी दिनुभयो । “भन्सार जाँचपासको प्रक्रिया अहिले बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म मात्रै हँुदै आइरहेको थियो । यसले भन्सार जाँचपास गर्ने व्यवसायी र यात्रु दुवैलाई मर्का परेको गुनासो आएको थियो”, उहाँले भन्नुभयो, “व्यापार सहजीकरणको बैठकले बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म भन्सारको सेवा विस्तारित गर्ने निर्णय गरेको छ ।”

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले थप दुई घण्टा विस्तारित समयमा बैंक, क्वारेन्टाइनलगायत सबै सेवा थप हुने जानकारी दिनुभयो । “यसले व्यापारी तथा यात्रु दुवैलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा राखेका छौँ”, उहाँले भन्नुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले भन्सारको सेवा थप भएसँगै भन्सार जाँचपास गर्ने व्यापारी तथा व्यवसायीलाई सहज हुने बताउनुभयो । उहाँका अनुसार वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी र सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालय छन् ।

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १७:३१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

वि.सं.२०८१ माघ ७ सोमवार ११:३१

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने...

नबिल बैंकले कमायो ३ अर्ब २४ करोड नाफा, कुन सूचक कस्ता ?

नबिल बैंकले कमायो ३ अर्ब २४ करोड नाफा, कुन सूचक कस्ता ?

वि.सं.२०८१ माघ ७ सोमवार ११:२२

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत...

सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

वि.सं.२०८१ माघ ७ सोमवार ११:००

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विभिन्न पदमा कार्यरत रही...

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

वि.सं.२०८१ माघ ७ सोमवार १०:४८

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८१ साल माघ...

सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ ७ सोमवार १०:३९

काठमाडौं। साताको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ ।...

९.७१ प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, यस्ता छन् अन्य सूचक

९.७१ प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, यस्ता छन् अन्य सूचक

वि.सं.२०८१ माघ ७ सोमवार १०:३३

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...