back

आज २२ मंसिर २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

Nepal Bank

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा लाभ हुनेछ भने कार्यक्षेत्रमा गरेको कार्यबाट जस पाउनुहुनेछ। सामाजिक सञ्जालमा कार्यरत व्यक्तिहरूलाई विशेष लाभ रहनेछ। गृहणीहरूको गृह सजावटमा समय बित्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। लागिरहेको रोग बढ्नेछ। वैदेशिक रोजगारबाट लाभ मिल्ने सम्भावना रहेको छ। व्यापार व्यवसायमा थप लगानी गर्न धैर्य राख्नुहोस्। वाहन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सहकारी तथा वित्तीय लेनदेनमा असफलता हात लाग्नेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। कार्यक्षेत्रमा अर्काको देखासिकी गर्दा हानि हुनसक्ने योग छ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ भने स्वादिष्ट भोजन पाइनेछ। कार्यक्षेत्रमा रोकिएका कामहरू बन्नेछन्। विश्वासपात्र मित्रबाट धोखा मिल्न सक्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साहस र पराक्रममा वृद्धि हुनेछ। नोकरी वा पेशामा वेतन वृद्धि हुन सक्ला। कार्यक्षेत्रमा धेरै व्यस्तताको कारणले जीवन साथीसंग मनमुटाव हुन सक्ला। आर्थिक कारोबारमा लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नोकरी वा पेशामा मनोबल बढ्नेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। प्रेम सम्बन्धमा छोटो मिठो यात्रा रहन सक्ला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा नयाँ कामहरू हात लागि पर्नेछन्। मठमन्दिर र देवस्थानमा यात्रा हुन सक्ला। धर्ममा मन लाग्नेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साझेदारी व्यापारमा मनग्य लाभ कमाइनेछ। पायकपर्ने ठाउँको यात्रा हुनसक्ला। जीवन साथीको सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिहरूको सहायताले आँटिलो कार्य पूर्ण गर्न सकिएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सन्तानको पठनपाठनलाई लिएर चिन्ता रहनेछ। पूरा गर्न नसकिने वाचा नगरौं। प्रेम सम्बन्ध सुमधुर रहने छ। चिकित्साको क्षेत्रमा सम्मान मिल्नेछ। राजनीतिमा ब‍ोलिको विशेष ध्यान राख्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पराक्रममा वृद्धि हुनेछ। आटेको कार्यमा सफलता हात लाग्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ साथै आर्थिक पक्ष मजबुत रहनेछ। कार्यक्षेत्रमा लगनशीलताले कीर्तिमान दिलाउन सक्ला। आजको शुभ रंग केसरी हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा लाभ रहनेछ। घरपरिवारको मनमुटाव सुल्झिनेछ। स्वादिष्ट भोजनको साथै नयाँ पहिरन पनि मिल्ने योग छ। आफन्तको जमघटले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा सकरात्मक रहने प्रयास गर्नुहोस्। व्यवसायमा इच्छाको विपरीत काम गर्नुपर्ला। नोकरी वा पेशामा मित्रको सहयोग मिल्नेछ। विद्यार्थीहरूलाई वैदेशिक शिक्षाको लागि सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ। ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

वि.सं.२०८१ मंसिर २२ शनिवार ०६:५२ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...