back
NMB Ad

धनगढीमाईका तात्कालिन प्रशासकीय अधिकृतसहित पाँचजना विरूद्ध आरोपत्र दायर   

Royal Enfield Inside Page Banner

सिरहा : औषधी खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेसहित पाँचजना विरूद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा आधारभूत तथा आकसिमक स्वास्थ्य सेवाका औषधी खरिद प्रकृयामा अनियमितता गरेको भन्दै प्रमुख बगालेसहित लेखा अधिकृत पुरूषोत्तमकुमार प्रसाद, तत्कालिन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव र बिक्रेता कम्पनी हेल्पिङ्ग मल्टिपर्पोज प्रालिका प्रवन्ध निर्देशक माधवप्रसाद गौतम विरूद्ध आरोप पत्र दायर भएको हो ।

अख्तियारले आर्थिक वर्ष २०७८/०७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधी खरिदमा चार लाख ६० हजार आठ सय १० रूपैयाँ अनियमिता गरेको प्रवक्ता नरहरी घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा नेपाल सरकारको सःशर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधीहरूको वास्तविक मूल्यभन्दा बढी मूल्य राखि खरिद गरेको र पाँच प्रकारका औषधीहरू पत्रिकामा प्रकाशित औषधीहरूको मूल्यसूचीभन्दा बाहिरको औषधी खरिद गरेको उल्लेख गरेको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम (क) बमोजिम करेक्स फर्मासिटीकल्स प्रालिले आव २०७८/०७९ का लागि मिति २०७८ साउन १० गते राष्ट्रिय जन सवाल पत्रिकामा प्रकाशित दुई सय ३७ प्रकारका औषधीहरूको मूल्यसूची (दररेट) मा नबढ्नेगरी उक्त कम्पनीको आधिकारीक विक्रेता हेल्पिङ्ग मल्टिपर्पोज प्रालिसँग खरिद गर्नुपर्नेमा खरिद गरेका ३२ प्रकारका औषधीमध्ये १७ प्रकारका औषधीहरू उल्लिखित दररेटभन्दा बढी मूल्यमा खरिद गरेको अनुसन्धानबाट खुलेको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

वि.सं.२०८१ मंसिर २२ शनिवार ०७:१९ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
जगदम्बा मोटर्सद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा, राइडरहरुलाई यस्ता छन् अफर

जगदम्बा मोटर्सद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा, राइडरहरुलाई यस्ता छन् अफर

वि.सं.२०८१ माघ ६ आइतवार १७:५९

काठमाडौं । टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल   

मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल   

वि.सं.२०८१ माघ ६ आइतवार १७:५१

काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको...

हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक   

हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक   

वि.सं.२०८१ माघ ६ आइतवार १७:२३

कायरो, ६ माघ : प्यालेष्टिनी इस्लामी समूह (हमास) को सशस्त्र...

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण

वि.सं.२०८१ माघ ६ आइतवार १७:१०

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा...

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो   

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो   

वि.सं.२०८१ माघ ६ आइतवार १५:४१

बैतडी : यहाँ जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट...

नेप्सेमा ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत

नेप्सेमा ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत

वि.सं.२०८१ माघ ६ आइतवार १५:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार थप एक कम्पनीको...