back
NMB Ad

मुस्ताङकोे घरपझोङ गाउँपालिकासँग ललितपुर महानगरको भगिनी सम्बन्ध   

Royal Enfield Inside Page Banner

पाटन (ललितपुर) : ललितपुर महानगर र मुस्ताङकोे घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । महानगरका प्रतिनिधिसहित मुस्ताङ पुग्नुभएका नगरप्रमुख चिरीबाबु महर्जन र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा आज हस्ताक्षर गर्नुभएको हो ।

घरपझोङ गाउँपालिकाको पूर्वाधार निर्माण, सामाजिक विकास, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धनका असल अभ्यास आदानप्रदान गर्न भगिनी सम्बन्ध कायम गरिएको ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । समझदारीपत्रमा हस्ताक्षरपछि उहाँले सम्पदा संरक्षण र अन्य आवश्यक क्षेत्रमा ललितपुर महानगरले सहयोग गर्ने बताउनुभयो । “प्रकृतिले यस पालिकालाई अमूल्य वरदान दिएको रहेछ, यसको संरक्षण गर्न हामी कुनै न कुनै रूपमा जोडिने छौँ”, उहाँले भन्नुभयो । महानगरप्रमुख महर्जनले विना ‘टेन्डर’ महानगरले निर्माण गरेका मूर्त सम्पदा र सडक निर्माण घरपझोङले अनुसरण गर्न सक्ने बताउनुभयो ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भगिनी सम्बन्धपछि आफूलाई अभिभावक पाएको महसुस भएको बताउनुभयो । आफ्नो निमन्त्रणालाई स्वीकार गरेर महानगरप्रमुख सहितको प्रतिनिधिमण्डल पालिकामा आएर भगिनी सम्बन्ध स्थापित गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । हिमालपारिको यस जिल्लामा गर्नुपर्ने काम धेरै भए पनि वार्षिक बजेट न्यून हुँदा काम गर्न असहज भएको उहाँको भनाइ थियो ।

ललितपुर महानगरका प्रवक्ता एवं वडा नं ९ का वडाअध्यक्ष राजु महर्जनले घरपझोङ गाउँपालिका र ललितपुर महानगरको संस्कृति र सभ्यताबीच एकरूपता रहेको बताउनुभयो । ललितपुर महानगरले घरपझोङसहित पाँचवटा पालिकासँग भगिनी सम्बन्ध कायम गरेको बताउँदै प्रवक्ता महर्जनले भगिनी सम्बन्धले पालिकाहरूबीच असल अभ्यास आदानप्रदान गर्न सजिलो हुने धारणा राख्नुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले भगिनी सम्बन्ध कायम भएपछि विकासमा साझेदारी र असल अभ्यासको अनुकरण र अनुसरण गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

विसं २०७३ को स्थानीय निर्वाचनअघि मुस्ताङ जिल्ला साबिकका मार्फा, टुकुचेको दुईवटा वडा र जोमसोस गाउँ समितिलाई समेटेर घरपझोङ गाउँपालिका घोषणा गरिएको थियोे । यो गाउँपालिकामा पाँचवटा वडा छन् । तथ्याङ्कअनुसार यहाँ तीन हजार एक सय ८४ जनसङ्ख्या रहेको छ ।

वि.सं.२०८१ मंसिर २२ शनिवार २०:५८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

वि.सं.२०८१ माघ ७ सोमवार ११:००

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विभिन्न पदमा कार्यरत रही...

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

वि.सं.२०८१ माघ ७ सोमवार १०:४८

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८१ साल माघ...

सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ ७ सोमवार १०:३९

काठमाडौं। साताको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ ।...

९.७१ प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, यस्ता छन् अन्य सूचक

९.७१ प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, यस्ता छन् अन्य सूचक

वि.सं.२०८१ माघ ७ सोमवार १०:३३

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

प्रभु बैंकको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

प्रभु बैंकको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ माघ ७ सोमवार १०:२४

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको...

२ लाख २५ हजार कित्ता आईपीओ निष्काशन मिति तोकियो, कहिलेदेखि हुँदैछ बिक्री खुला ?

२ लाख २५ हजार कित्ता आईपीओ निष्काशन मिति तोकियो, कहिलेदेखि हुँदैछ बिक्री खुला ?

वि.सं.२०८१ माघ ७ सोमवार १०:१४

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि...