back
NMB Ad

आज २३ मंसिर २०८१ आइतवार, कस्तो रहला आजको राशिफल ?

Royal Enfield Inside Page Banner

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ। सहयोगीहरूको सहयोग मिल्नेछ। नोकरी वा पेशामा अरुको सल्लाह मान्नु उचित रहला। व्यापार व्यवसायमा आर्थिक स्थितिलाई हेरेर योजनामा बदलाव गर्न सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यवसायमा लाभ मिल्नेछ। अगाडि बनाएको योजनाहरू प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा यात्राबाट लाभ मिल्नेछ। नोकरी वा पेशामा अधिकारीहरूबाट प्रशंसा मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साझेदारी व्यापारमा नयाँ काम हात लागिपर्ला। जीवनसाथीको नोकरीमा पदोन्नति हुनेछ। विद्यार्थीहरूको कलात्मक क्षेत्रमा विकास हुनेछ। थप लगानी लगाउँदा जानकारको सल्लाह लिएर मात्र अगाडि बढ्नुहोस्। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा गलत कुरामा विश्वास राख्दा हानि हुनसक्छ। विद्यार्थीहरुलाई पठनपाठनमा सफलता मिल्नेछ भने प्रतियोगी प्ररिक्षामा पनि सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ नोकरीको खोजिमा सफलता मिल्नेछ। पारिवारिक खर्चमा वृद्धिले मन अशान्त रहनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। नयाँ पहिरनको अवसर मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कामले गर्दा दिनचर्यामा बदलाव हुनसक्ला। साहस र उत्साहमा वृद्धि हुनेछ। नोकरीमा प्रभाव बढ्नेछ साथै नयाँ जिम्मेवारी पनि मिल्नेछ। व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बढ्नेछन्। आजको शुभ रंग सिन्दूरि हो भने शुभ अंक ८ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक मनमुटाव सम्पन्न हुनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा दिखावा गर्नबाट बच्नुहोस्। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। नोकरी वा पेशामा थप काम गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा अकस्मिक लाभले मन प्रसन्न रहनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा पेशामा पुरानो विवाद सुल्झिनेछ। यात्रा गर्दा आफ्नो सामानको सुरक्षा स्वयं राखौं। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा लाभ मिल्नेछ। राजनीतिमा नेतृत्व गर्ने क्षमता बढ्नेछ। सामाजिक सञ्जालमा आफ्नो कुरा राम्ररी राख्न सक्नुहुनेछ। स्वास्थ्यलाई लिएर सचेत हुनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विश्वासपात्रबाट धोखा मिल्न सक्छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आफन्तहरूसँग रमाइलो भेटघाटले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सन्तानको स्वास्थ्यलाई लिएर मन चिन्तित रहनेछ। कार्यक्षेत्रमा श्रम अनुरूप सफलता मिल्नेछ। व्यापार व्यवसायमा नयाँ योजनाहरू बन्नेछन्। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मन अशान्त रहनेछ। कार्यक्षेत्रमा सोचे अनुसार कार्य नहोला। स्वास्थ्यलाई लिएर धन खर्च हुनेछ। आर्थिक कारोबारको लागि उपयुक्त समय पर्खिनुहोला। वैदेशिक रोजगारबाट अप्रिय सूचना मिल्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ। ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

वि.सं.२०८१ मंसिर २३ आइतवार ०६:२५ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
बागमती प्रदेशमा बढ्दै समस्याग्रस्त सहकारी संस्थाको सङ्ख्या, १३७ सहकारी संस्थाविरूद्ध उजुरी   

बागमती प्रदेशमा बढ्दै समस्याग्रस्त सहकारी संस्थाको सङ्ख्या, १३७ सहकारी संस्थाविरूद्ध उजुरी   

वि.सं.२०८१ माघ ७ सोमवार २०:३७

 बागमती  : बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको सङ्ख्या बढ्दै गएको छ...

कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५५

टेकराज केसी, भेरीगङ्गा (सुर्खेत) : ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली...

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५१

मधुकर अधिकारी    वासिङ्गटन डिसी (अमेरिका) : संयुक्त राज्य अमेरिकाका...

नेटाले ८१८ मिलियन अमेरिकी डलर लगानी प्राप्त गर्‍यो,  अन्तर्राष्ट्रिय बिक्री दोब्बर गर्ने लक्ष्य

नेटाले ८१८ मिलियन अमेरिकी डलर लगानी प्राप्त गर्‍यो,  अन्तर्राष्ट्रिय बिक्री दोब्बर गर्ने लक्ष्य

वि.सं.२०८१ माघ ७ सोमवार १२:४५

काठमाडौं : चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन...

रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान   

रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान   

वि.सं.२०८१ माघ ७ सोमवार १२:३४

हेमन्त केसी   काँक्रेविहार (सुर्खेत) : डोल्पाको मुडकेचुला गाउँपालिकाको इलमा निर्माण...

कामना सेवा विकास बैंकको नाफामा देखियो चमक, यस्तो देखियो वित्तीय प्रगति

कामना सेवा विकास बैंकको नाफामा देखियो चमक, यस्तो देखियो वित्तीय प्रगति

वि.सं.२०८१ माघ ७ सोमवार १२:२४

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो...