back
NMB Ad

आजदेखि मौसममा बदली, केही ठाउँमा वर्षाको सम्भावना, चिसो बढ्ने   

Royal Enfield Inside Page Banner

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आज साँझदेखि मौसममा बदली हुने जानकारी गराएको छ ।

विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी गराएको छ ।

सो प्रणालीको प्रभावका कारण आइतबार साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

साथै उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको पनि जनाइएको छ ।

जारी विशेष बुलेटिनमा भनिएको छ, ‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।’

मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई अनुगमन गरिरहेको छ । यस महाशाखाबाट दैनिक जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिने जनाइएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
आइतबार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको जनाइएको छ ।

वि.सं.२०८१ मंसिर २३ आइतवार ०६:३६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५५

टेकराज केसी, भेरीगङ्गा (सुर्खेत) : ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली...

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५१

मधुकर अधिकारी    वासिङ्गटन डिसी (अमेरिका) : संयुक्त राज्य अमेरिकाका...

नेटाले ८१८ मिलियन अमेरिकी डलर लगानी प्राप्त गर्‍यो,  अन्तर्राष्ट्रिय बिक्री दोब्बर गर्ने लक्ष्य

नेटाले ८१८ मिलियन अमेरिकी डलर लगानी प्राप्त गर्‍यो,  अन्तर्राष्ट्रिय बिक्री दोब्बर गर्ने लक्ष्य

वि.सं.२०८१ माघ ७ सोमवार १२:४५

काठमाडौं : चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन...

रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान   

रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान   

वि.सं.२०८१ माघ ७ सोमवार १२:३४

हेमन्त केसी   काँक्रेविहार (सुर्खेत) : डोल्पाको मुडकेचुला गाउँपालिकाको इलमा निर्माण...

कामना सेवा विकास बैंकको नाफामा देखियो चमक, यस्तो देखियो वित्तीय प्रगति

कामना सेवा विकास बैंकको नाफामा देखियो चमक, यस्तो देखियो वित्तीय प्रगति

वि.सं.२०८१ माघ ७ सोमवार १२:२४

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो...

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

वि.सं.२०८१ माघ ७ सोमवार ११:३१

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने...