काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट ४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकमा स्वीकृती पश्चात र आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीह्रुमा वितरण गरिने छ ।
वि.सं.२०८१ मंसिर २३ आइतवार १०:२३ मा प्रकाशित