काठमाडौँ । साताको पहिलो कारोबार दिन सुनको भाउ घटेको छ । अघिल्लो दिन शुक्रबार प्रतितोला ६०० रुपैंयाले घटेको सुन आज पनि ४०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ५० हजार १०० रुपैंयामा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४९ हजार ७०० रुपैंयामा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य २५ रुपैंयाले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८६५ रुपैंयामा कारोबार भइरहेको छ ।
वि.सं.२०८१ मंसिर २३ आइतवार १०:४१ मा प्रकाशित