काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
उक्त बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने र सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ । उक्त वित्तीय विवरण बैंकको आगामी साधारण सभामा अनुमोदनका लागि पेश हुनेछ ।
वि.सं.२०८१ मंसिर २३ आइतवार १०:५७ मा प्रकाशित