back
NMB Ad

एनपिएलः जनकपुरको लगातार चौथो जीत   

Royal Enfield Inside Page Banner

काठमाडौँ : पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको छ । प्रतियोगितामा जनकपुरको यो लगातार चौथो जीत हो । यसअघि जनकपुरले विराटनगर, कर्णाली र पोखरालाई पराजित गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा जनकपुरले जीतका लागि दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रनमा समेटियो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३८ बल खेल्दै तीन चौकाको सहयोगमा ३५ रन बनाए । त्यसैगरी टम मुर्सले ३१ तथा सन्दीप जोराले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खेलको अन्तिम बलमा जीतका लागि दुई रन आवश्यक रहेकामा हर्ष ठाकरले सन्दीप जोरालाई आउट गराएपछि जनकपुरको जीत पक्का भएको थियो ।

जनकपुरका लागि हर्ष ठोकरले सर्वाधिक पाँच विकेट लिए भने किशार महतो, शेर मल्ल र ललित राजवंशीले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३६ रनको मध्यम योगफल तयार गरेको थियो । जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे । उनले ३९ बलमा एक चौका र चार छक्का प्रहार गरेका थिए ।

त्यस्तै लाहिरु मिलन्थाले २३ बलमा दुई चौकाको सहयोगमा २४ रन बनाए । शुभ कंसाकरले २४ बलमा अविजित २२ रन बनाए । पहिलो विकेटका रुपमा जनकपुरका ओपनर तथा मार्की खेलाडी आसिफ शेख १० बलमा १६ रन बनाउँदै आउट भएका थिए ।

लुम्बिनीका लागि यसै खेलबाट डेब्यु गरेका अभिषेक गौतमले तीन विकेट लिए भने कप्तान रोहितकुमार पौडेल र साद विन जाफरले समान दुई÷दुई विकेट लिए । त्यस्तै सन्दीप जोराले एक विकेट झारे ।

यससँगै लुम्बिनीको यो लगातार चौथो हार हो । यसअघि लुम्बिनी विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

वि.सं.२०८१ मंसिर २३ आइतवार १३:१७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
जगदम्बा मोटर्सद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा, राइडरहरुलाई यस्ता छन् अफर

जगदम्बा मोटर्सद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा, राइडरहरुलाई यस्ता छन् अफर

वि.सं.२०८१ माघ ६ आइतवार १७:५९

काठमाडौं । टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल   

मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल   

वि.सं.२०८१ माघ ६ आइतवार १७:५१

काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको...

हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक   

हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक   

वि.सं.२०८१ माघ ६ आइतवार १७:२३

कायरो, ६ माघ : प्यालेष्टिनी इस्लामी समूह (हमास) को सशस्त्र...

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण

वि.सं.२०८१ माघ ६ आइतवार १७:१०

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा...

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो   

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो   

वि.सं.२०८१ माघ ६ आइतवार १५:४१

बैतडी : यहाँ जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट...

नेप्सेमा ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत

नेप्सेमा ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत

वि.सं.२०८१ माघ ६ आइतवार १५:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार थप एक कम्पनीको...