back
NMB Ad

साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीय प्रवद्धनमा टेवा पुर्याउदै इसेवा

काठमाडौँ : सन् २००९ मा स्थापना भएको नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शुरुवाती दिनदेखि नै भुक्तानी क्षेत्रमा एउटा नयाँ आयम ल्याएको कुरा त सबैलाई अवगत नै छ । हाल केही वर्ष यता भुक्तानी क्षेत्रमा मात्र नभएर अन्य विभिन्न क्षेत्रहरुमा पनि कार्य योगदान पुर्याउदै आएको इसेवाले सेवा विस्तारको क्रममा अहिले नेपालको ७७ जिल्लाको ७५३ वटै स्थानिय निकायहरुमा आफ्नो एजेन्ट नेटवर्क पुर्याउन सफल रहेको छ ।

प्रत्येक नेपालीको हात-हातमा पुगिसकेको इसेवा एउटा व्यक्तिलाई दैनिक जीवनमा आवश्यक पर्ने सबै प्रकारका सेवाहरुको भुक्तानी गर्ने माध्यम बन्नुका साथै इसेवा यात्रा तथा पर्यटकीय क्षेत्रमा पनि दिन प्रतिदिन अझै परिचित नाम बन्दै गइरेहेको छ । बस, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट देखि केबलकार सम्मको टिकट खरिद गर्न सकिने इसेवाले यात्रुहरुको सहजतासँगै पर्यटकीय विकाशमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको छ । प्रयोगकर्ताहरुको आवश्यकता अनुसारका सेवा सुविधाहरु विस्तार गरेर जीवन सहज बनाउने क्रममा इसेवा थुप्रै नवीनतम सेवाहरु प्रदान गर्न सधैं तत्पर रहेको छ र यसै क्रममा इसेवाले प्रदान गर्ने एउटा महत्वपूर्ण सेवा हो इसेवा होटल्स ।

इसेवा होटल्स एउटा यस्तो डिजिटल सेवा हो जसको माध्यमबाट प्रयोगकर्ताहरुले सजिलै होटल बुक गर्न सक्छन् । नेपालको ५४+ जिल्लाहरुका प्रमुख शहरहरुमा अवस्थित साना, मझौला तथा ठूला होटलहरु एकै ठाँउबाट सजिलै बुक गर्न सकिने इसेवा होटल्स हालको समयमा होटल बुकिंगको लागि एकदम लोकप्रिय बन्दै गएको छ । सहरी क्षेत्रमा रहेका तारे होटलहरु देखि लिएर ग्रामिण भेगमा अवस्थित होम स्टेसम्म बुक गर्न सकिने इसेवा होटल्समा करिव ३५०० भन्दा बढी होटलहरु रहेका छन् जुन प्रयोगकर्ताहरुले इसेवा एप वा इसेवा होटल्सको वेभसाइटबाट बिना झन्झट छिनभरमा बुक गर्न सक्छन् । ग्राहकहरुको सहजता र परिस्थितिलाई ध्यानमा राख्दै इसेवा होटल्समा बिना अग्रिम भुक्तानी कुनै पनि शहरमा अवस्थित जुनसुकै होटल बुक गर्न सकिने र आवश्यकता अनुसार बुकिंग रद्द गर्न सकिने समेत व्यवस्था रहेको छ ।

ग्रामीण क्षेत्रमा अवस्थित होमस्टेहरुलाई पनि समावेशीकरण गर्न तथा आर्थिक रुपमा सशक्त बनाउन इसेवा होटल्सले युएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेस् सँग विभिन्न सहकार्य गर्दै आइरहेको छ । यस सहकार्यले साना तथा मझौला होटल वा होमस्टेहरुलाई प्राविधिक सहयोगका साथै व्यावसाय संचालनमा पनि थप उत्साह प्रदान गरेको छ । युएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेस् को सहयोगमा इसेवा होटल्सले ग्रामिण भेगमा रहेका होटल तथा होमस्टेहरु मार्फत दिगो पर्यटनको विकाश हुनका साथै समग्रमा पर्यटन व्यवसायलाई नै बढुवा दिदै आइरहेको छ र आगमि दिनहरुमा पनि यस परियोजनाले पर्यटन, आर्थिक समावेशीकरण र साना तथा मझौला व्यावसायलाई थप प्रोत्साहन गर्नेछ  ।

इसेवा होटल्सको माध्यमबाट इसेवाले प्रयोगकर्ताहरुको सहजता र पर्यटकीय विकाशको साथसाथै साना तथा मझौला होटल व्यावसायीको आर्थिक उन्नतिमा समेत योगदान पुर्याउदै आइरेको छ । साना तथा मझौला होटल व्यावसायीको हकमा इसेवा होटल्ससँगको साझेदारी देशको बद्लिदो डिजिटल रुपान्तरणमा समावेश भएको महसुस र व्यावसायिक वृद्धिको एउटा बलियो आधार बनेको छ।

वि.सं.२०८१ मंसिर २३ आइतवार १३:३९ मा प्रकाशित

You can share this post!

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा मागभन्दा १६ गुणा बढी आवेदन, यस्तो छ अपडेट यस्तो छ अपडेट

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा मागभन्दा १६ गुणा बढी आवेदन, यस्तो छ अपडेट यस्तो छ अपडेट

वि.सं.२०८१ चैत २ आइतवार १८:२१

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा २ अर्ब ३६...

मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा बजेट आउँछ : अर्थमन्त्री पौडेल

मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा बजेट आउँछ : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ चैत २ आइतवार १८:१५

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, सम्बन्धित...

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो ‘एनटर्क रेस एक्सपी ब्ल्याक’, नेपालमा पहिलोपटक १० पीएस पावर भएको १२५ सीसी स्कुटर

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो ‘एनटर्क रेस एक्सपी ब्ल्याक’, नेपालमा पहिलोपटक १० पीएस पावर भएको १२५ सीसी स्कुटर

वि.सं.२०८१ चैत २ आइतवार १८:१०

काठमाडौं : जगदम्बा मोटर्स प्रा. लिले नेपाली बजारमा टीभीएस एनटर्क...

महालक्ष्मी विकास बैंकद्वारा “महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण सार्वजानिक

महालक्ष्मी विकास बैंकद्वारा “महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण सार्वजानिक

वि.सं.२०८१ चैत २ आइतवार १८:०४

काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा “महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल...

श्रष्टालाई सम्मान गर्दै शुरु भयो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को पूर्वी अडिसन

श्रष्टालाई सम्मान गर्दै शुरु भयो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को पूर्वी अडिसन

वि.सं.२०८१ चैत २ आइतवार १७:३९

झापा : विश्वभरका नेपाली प्रतिभालाई एक मंचमा ल्याउने उद्देश्यले आयोजना...

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई वात्सल्य नेचुरल आईभीएफमा उपचारमा विशेष छुट

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई वात्सल्य नेचुरल आईभीएफमा उपचारमा विशेष छुट

वि.सं.२०८१ चैत २ आइतवार १७:२७

काठमाडौं : नेपाल बैंक लिमिटेड र वात्सल्य नेचुरल आई. भि....